संघीय संसद्का विभिन्न समितिका सदस्यहरू हेरफेर

संघीय संसद्का विभिन्न समितिका सदस्यहरू हेरफेर
सुन्नुहोस्

काठमाडौं : मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले समितिका सदस्यहरूको नाम हेरफेरका लागि प्रस्ताव गरेका थिए। प्रस्तावित सदस्यहरूको नाम संसद् बैठकले अनुमोदन गरेको हो।

जसअनुसार पदम गिरी, भगवती चौधरी, वर्षमान पुन र  विराजभक्त श्रेष्ठ अर्थसमितिका सदस्य भएका छन्। हरिप्रसाद उप्रेती अन्तर्राष्ट्रिय सम्बन्ध र हितबहादुर तामाङ पर्यटन समितिको सदस्य भएका छन्।  संसदीय सुनुवाइ समितिमा रमेश लेखकको स्थानमा श्याम घिमिरे तथा डा. स्वर्णिम वाग्लेको स्थानमा डोलप्रसाद अर्याल आएका छन्। त्यसैगरी रेखा शर्मा, सुमना श्रेष्ठ शिक्षा स्वास्थ्य तथा सूचना समितिको सदस्य बनेका छन्।

रघुवीर महासेठ र डोलप्रसाद अर्याल उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्य भएका छन् भने ज्वालाकुमारी साह कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सदस्य भएकी छन्। शक्तिबहादुर बस्नेत पूर्वाधार विकास समिति सदस्य हुँदा राज्यव्यवस्था तथा सुशासन समितिमा पूर्णबहादुर खड्का, राजेन्द्रकुमार राई, पुष्पकमल दाहाल प्रचण्ड, रवि लामिछाने आएका छन्।  

राज्यव्यवस्था तथा सुशासन समितिबाट हरि ढकाल सार्वजनिक लेखा समितिमा पुगेका छन् भने मिना यादव शिक्षा स्वास्थ्यबाट कृषि सहकारी समितिको सदस्य बनेकी छन्। प्रमुख प्रतिपक्ष दल नेकपा माआवोदी केन्द्र ससंदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड राज्य व्यवस्था तथा सुशासन समितिको सदस्यमा मनोनीत भएका छन्।

प्रधानमन्त्री पदबाट हटेसँगै माओवादी अध्यक्ष प्रचण्ड प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सदस्यमा मनोनीत भएका हुन्। यस्तै अर्को प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता रवि लामिछाने पनि राज्य व्यवस्था तथा सुशासन समितिमा फर्किएका छन्। यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको सदस्यमा नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, एमाले सांसद राजेन्द्रकुमार राई पनि मनोनीत भएका छन्।

सभामुख देवराज घिमिरेले घोषणा गरेअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्यमा माओवादी सांसद हितबहादुर तामाङ, एमाले सांसद हरिप्रसाद उप्रेती मनोनीत भएका छन्। अर्थ समितिमा माओवादी सांसद वर्षमान पुन, एमाले सांसद पदम गिरी, भगवती चौधरी र रास्वपाका सांसद विराजभक्त श्रेष्ठ मनोनीत भएका छन्। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समिति सदस्यमा रास्वपाका डोलप्रसाद अर्याल र एमाले सांसद रघुवीर महासेठ मनोनीत भएका छन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा माओवादी सांसद रेखा शर्मा र रास्वपाका सांसद सुमना श्रेष्ठ मनोनीत भएका छन्। 

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सदस्यमा एमाले सांसद ज्वालाकुमारी साह र शिक्षा समितिबाट कृषि समितिमा मीना यादवको हेरफेर गरिएको छ। यस्तै पूर्वाधार विकास समितिमा माओवादी सांसद शक्तिबहादुर बस्नेत मनोनीत भएका छन्। संघीय संसदको संसदीय सुनुवाइ संयुक्त समितिका सदस्य रमेश लेखक गृहमन्त्री भएसँगै उनको ठाउँमा कांग्रसका सांसद श्यामकुमार घिमिरे मनोनीत भएका छन्। रास्वपाका सांसद स्वर्णिम वाग्लेको सट्टा डोलप्रसाद अर्याल उक्त समितिमा मनोनीत भएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.