सौर्य एयरलाइन्सको विमान दुर्घटना : १८ जनाको मृत्यु

सौर्य एयरलाइन्सको विमान दुर्घटना : १८ जनाको मृत्यु
तस्बिर : अन्नपूर्ण

काठमाडौं :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको  छ। क्यानका प्रवक्ता हंशराज पाण्डेले जहाज दुर्घटनामा १८ जनाको शव भेटिएको अन्नपूर्णलाई जानकारी दिए। उनले जहाज दुर्घटना हुँदा घाइते भएका पाइलट मनिष शाक्यको उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको बताए।

दुर्घटनामा परेकाहरू यात्रु वा कर्मचारी को हुन् एकिन भएको छैन। पाइलटलाई उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ।

सूचना अधिकारी ज्ञानेन्द्र भूलले मर्मतका लागि पोखरा उडेको जहाज दुर्घटनामा परेको पुष्टि गरे। उनले अन्नपूर्णसँग भने,' जहाजमा १९ जना सवार थिए। '

बुधबार बिहान काठमाडौंबाट पोखरा उड्ने क्रममा जहाज दुर्घटनामा परेको थियो। 

(यसअघिको समाचारमा १८ जना हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ- सम्पादक )


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.