प्री ओपन सेसनमा ८.३१ अंकले बढ्यो नेप्से
काठमाडौं : सेयर कारोबार साताको तेस्रो दिन प्री ओपन सेसनमा नेप्से परिसूचक ८ अंक बढीले वृद्धि भएको छ। नेप्से परिसूचक ८.३१ अंकले बढेर २६६९.४१ विन्दुमा पुगेर बन्द भएको छ।
यो समयमा ६५ वटा स्क्रिप्सको ९५ हजार ९४ कित्ता सेयर ३ करोड ७७ लाख ५९ हजार १९५ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएका स्क्रिप्समध्ये ३८ वटाको मूल्य बढ्दा २० वटाको घटेको छ।
प्री ओपन सेसनमा ६ वटा स्क्रिप्सको मूल्य भने स्थिर रह्यो।