एकैदिन तोलामा १६ सयले बढ्यो सुनको मूल्य
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य बढेको छ। बिहीबार तोलामा १६ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ४९ हजार ४ सय रुपैयाँ कायम भएको छ।
सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बुधबार प्रतितोला चाँदी १ हजार ७ सय ८० मा कारोबार भएको थियो।