बचत फिर्ताको माग गर्दै सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन

बचत फिर्ताको माग गर्दै सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन
फाइल तस्बिर।

काठमाडौं : आफूहरूको मागप्रति सरकार गम्भीर नभएको भन्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारले यसअघि गरेको सहमति कार्यान्वयन नगरेको र आफ्ना मागप्रति गम्भीर नभएको भन्दै सहकारी पीडित बचतकर्ता महासंघले काठमाडौंको रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

सहकारीमा आफूहरूले जम्मा गरेको निक्षेप फिर्ताको वातावरण बनाउनुपर्ने उनीहरूको माग छ । उनीहरूले सहकारी बचत अपचलनकर्तालाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरेपनि कार्यान्वयन नभएको गुनासो गरेका छन् ।

यसअघि पनि उनीहरूले काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.