कक्षा १२ को नतिजा : कुन प्रदेशमा कति जनाले ल्याए ४ जीपीए  ?

कक्षा १२ को नतिजा : कुन प्रदेशमा कति जनाले ल्याए ४ जीपीए  ?

काठमाडौं : कक्षा १२ को परीक्षामा ९ हजार ५९१ जनाले 'ए प्लस' ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ५९१ रहेको छ।

बागमती प्रदेशमा सबैभन्दा बढी  ६ हजार ७५२ जनाले ४ जीपीए ल्याएका छन्। सबैभन्दा कम कर्णाली प्रदेशमा २४ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन्।

यसैगरी लुम्बिनी प्रदेशमा १ हजार ४४ जनाले ४ जीपीए ल्याएका छन्। कोशी प्रदेशमा ८५६ जना, गण्डकीमा ५४४ जना,  मधेशमा २५० सुदूरपश्चिम प्रदेशमा १२१ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका छन्। 

४ जीपीए ल्याउनेमा छात्रको संख्या बढी छ। ५ हजार ५४७ जना छात्रले ४ जीपीए ल्याउन सफल भएका छन्। ४ जीपीए ल्याउने छात्राको संख्या  ४ हजार ४४ रहेको छ।

परीक्षामा सहभागी विद्यार्थी ३ लाख ९० हजार ८६८ मध्ये ५२ दशमलव ९१ प्रतिशत मात्रै उत्तीर्ण भएका छन्।  १ लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका छन्।

गत वैशाख १४ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.