१०८ अंकले बढेर बन्द भयो सेयर बजार
काठमाडौं : नेप्से परिसूचक १०८ अंकले बढेर बन्द भएको छ। सेयर कारोबार साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक १०८.३५ अंकले बढेर २७५९.६७ विन्दुमा पुगेको छ।
नेप्से उच्च अंकले बढेपनि कारोबार रकम भने मंगलबारको तुलनामा कम हो। मंगलबार २३ अर्ब माथिको कारोबार भएको थियो। सो दिन नेप्से परिसूचक १४५ अंकले घटेर बन्द भएको थियो।
आज ३३० स्क्रिप्सको ३ करोड ८ लाख ४१ हजार २६७ कित्ता सेयर १७ अर्ब ९५ करोड ९लाख १८ हजार ६२७ रुपैयाँमा खरिदबिक्री भए। उच्च अंकले बढेको सेयर बजारमा १० कम्पनीको सेयर सकारात्मक सर्किट लागेको छ। सबै समूहको उपसूचक सकारात्मक देखिएका छन्।
कारोबारमा आएका २३९ स्टकको मूल्य बढ्दा ३ वटाको मूल्य घटेको छ।