भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै

भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै

काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिश्री आइतबार काठमाडौं आउँदैछन्। परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले शुक्रबार छुट्टा-छुट्टै  विज्ञप्ति जारी गरी विदेशसचिव मिश्री दुई दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आउने जनाएका हुन्। परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्। 

भारतीय विदेश सचिवको नेपाल भ्रमण नियमित भएको भारतको विदेश मन्त्रालयले जनाएको छ। विदेश सचिव मिश्रीको भ्रमणले दुई देशबीच द्विपक्षीय सहकार्य र सम्बन्धलाई अघि बढाउन मद्दत गर्ने विज्ञप्तिमा उल्लेख छ। उनी सोमबार स्वदेश फर्किनेछन्। 

नेपाल बसाइका क्रममा विदेश सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालाई भेट्नेछन्। विदेश सचिव मिश्रीले समकक्षी सेवा लम्साल र परराष्ट्रका उच्च अधिकारीहरूसँग समेत भेट्ने कार्यक्रम रहेको छ।

उनी गत असार १४ गते भारतको विदेश सचिवमा नियुक्त भएका थिए। राष्ट्रिय सुरक्षा सल्लाहकारका उपप्रमुखसमेत रहेका मिश्रीलाई विदेश सचिवको जिम्मेवारी दिइएको हो। ​​​​​​विनयमोहन क्वात्राले अवकास पाएपछि मिश्री भारतीय विदेश सचिवमा नियुक्त भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.