अस्ट्रेलियामा नेपाली कला संस्कृति प्रवर्द्धन गर्न बहुसांस्कृतिक सामुदायिक केन्द्र निर्माण गरिने

अस्ट्रेलियामा नेपाली कला संस्कृति प्रवर्द्धन गर्न बहुसांस्कृतिक सामुदायिक केन्द्र निर्माण गरिने
सुन्नुहोस्

गोरखा : अस्ट्रेलियाको सिड्नीमा नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले बहुसांस्कृतिक सामुदायिक केन्द्रको निर्माण तयारी गरिएको छ। नेपालीहरूको संस्था ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टरको नेतृत्वमा बहुसांस्कृतिक सामुदायिक केन्द्र निर्माण गर्न लागिएको हो। 

कला संस्कृतिको संरक्षण गर्ने लक्ष्य राखेर हालै सिड्नीमा ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टर (जीएसएनएमसी) नामक संस्था गठन गरिएको छ। सिड्नीमा नेपालीहरूको आफ्नै बहुसांस्कृतिक सामुदायिक केन्द्रको आवश्यकता महसुस गर्दै सो सेन्टर गठन गरिएको प्रवक्ता बञ्जराले जानकारी दिए। 

संस्थाका अध्यक्ष जिष्णु हमाल र प्रवक्ता शिव बन्जराद्वारा हालै जारी गरिएको विज्ञप्तिमा संस्थाको विधिवत् दर्ताको काम सम्पन्न भएको उल्लेख छ। बिज्ञप्तिमा बृहत् सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्र एउटा महत्वाकांक्षी र दीर्घकालीन महत्वको सामुदायिक परियोजना भएकोले यस अभियानमा जुट्न आव्हान गरिएको छ। पहिलो चरणमा कार्यालय भवन निर्माणको लागि उपयुक्त क्षेत्रको पहिचान गर्ने र जग्गा खरिद गर्न अर्थ संकलन गर्नका लागि विविध कार्यक्रम गरिने विज्ञप्तिमा उल्लेख छ। 

सो सांस्कृतिक सम्पदा तथा सांस्कृतिक भवन अष्ट्रेलियामा रहेका नेपालीहरूको साझा गौरवको सम्पदा हुने बताए। ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टरका लागि एनआरएनए अष्ट्रेलियाले वाक फर सामुदायिक भवन कार्यक्रम सञ्चालन गर्ने पनि उनले बताए। 

उनले समुदायका सबै वर्ग र समूहको अपनत्व हुनेगरी निर्माण गरिने सामुदायिक भवन निर्माणमा सबैले सकेको सहयोग र साथ दिनुपर्ने बताए। संस्थाका अध्यक्ष विष्णु हमालले सबैको चासो र खाँचोका रूपमा रहेको सामुदायिक भवन निर्माणको अभियानलाई प्रभावकारी रुपले अगाडि बढाउन कार्यसमितिले सबै वर्ग समुदाय र क्षेत्रलाई समेटेर अभियान चलाइने बताए। 

प्रवक्ता शिव बन्जराले सामुदायिक भवन निर्माणमा आर्थिक सहयोग संकलन गर्नेगरी सिड्नीमा आध्यात्मिक कार्यक्रम गरिने र त्यसको विस्तृत जानकारी छिट्टै नै सार्वजनिक गरिने उल्लेख गरे। गत अप्रिल २८ तारिखका दिन सिड्नीको पन्चबलस्थित काष्ठमण्डप फंसन सेन्टरमा भएको बृहत् भेलाले विष्णु हमालको अध्यक्षतामा १९ सदस्यीय बोर्ड अफ डाइरेक्टरहरूको समिति गठन गरेको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.