विदेश सचिव मिश्रीले गरे नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन

विदेश सचिव मिश्रीले गरे नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन
नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन गर्दै भारतीय विदेश सचिव विक्रम मिश्री।
सुन्नुहोस्

काठमाडौं : भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत निर्माण गरिएको काठमाडौंस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन गरिएको छ । नेपालको औपचारिक भ्रमणमा आइतबार नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिश्री र सरकार सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदेश सचिव मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आएका हुन् । 

सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल र  प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेट्नुअघि विदेश सचिव मिश्री राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। 

भेटका क्रममा द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको जनाइएको छ। विदेशसचिव मिश्री भोलि स्वदेश फर्किने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.