पार्टी फुटाएका लोभी, स्वार्थीहरूको भण्डाफोर गर्ने उपेन्द्र यादवको उद्‍घोष

पार्टी फुटाएका लोभी, स्वार्थीहरूको भण्डाफोर गर्ने उपेन्द्र यादवको उद्‍घोष
सुन्नुहोस्

काठमाडौं : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाएर गएकाहरूको भण्डाफोर गर्ने बताएका छन्। ललितपुरको सानोगाउँस्थित एक ब्यांक्वेटमा जारी केन्द्रीय समितिको बैठकमा उनले पार्टीलाई लगाइएको भ्रमहरू चिर्न चार महिने अभियान सञ्चालन गर्ने बताए।

'पार्टी संगठनलाई चुस्त, दुरुस्त र बलियो बनाउनु त छँदैछ, पार्टी फुटाएर गएका लोभी, स्वार्थी र अवसरवादीहरूले छरेको भ्रमलाई चिर्दै त्यस्ता व्यक्तिहरूको भण्डाफोर गर्नैपर्छ। यही उद्देश्य लिएर हामी जनतामाझ अभियान लिएर जान्छौं,' अध्यक्ष यादवले भने। 

जसपा नेपाल फुटाएर अशोक राई नेतृत्वमा जसपा गठन गरिएको छ। उक्त पार्टीमा मोहम्मद इस्तियाक राई, प्रदीप यादवलगायत नेताहरू रहेका छन्। गैरसंवैधानिक तरिकाले पार्टी फुटाएको भन्दै उपेन्द्र यादवले दायर गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

त्यस्तै जसपा नेपालले पाँच लाख नयाँ संगठित क्रियाशील सदस्य थप्ने लक्ष्य निर्धारण गरेर आधारभूत संगठन निर्माण अभियान सुरु गर्ने भएको छ। भदौको पहिलो साता सुरू हुने अभियान अध्यक्ष यादवले उद्‍घाटन गर्नेछन्। सो अभियान मंसिरको मसान्तसम्म चल्ने जारी केन्द्रीय समिति बैठकमा जानकारी दिइएको थियो।

अध्यक्ष यादवले आगामी चार महिनासम्म संगठन निर्माण, विस्तार, शुद्धीकरण र सुदृढीकरण अभियानमा होमिन सम्पूर्ण पार्टी-पंक्तिलाई निर्देशन दिएका थिए। ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण’ नाम दिइएको उक्त अभियानलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन सक्रिय भएर लाग्न अध्यक्ष यादवले केन्द्रीय सदस्यहरूलाई आह्वान गरेका थिए।

‘यो केन्द्रीय समिति बैठकले आगामी अभियान सञ्चालन गर्न समयावधि निर्धारण गर्ने र केन्द्रीय सदस्यहरूलाई जिल्ला, महानगर, नगरलगायत स्थानीय तहहरूको अभियन्ताको रूपमा जिम्मेवारी दिएर पठाउँछौं,' अध्यक्ष यादवले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.