अवरुद्ध मध्य पहाडी राजमार्ग सुचारु

अवरुद्ध मध्य पहाडी राजमार्ग सुचारु
सुन्नुहोस्

सिन्धुली : पहिरो र ढुंगामुढासहित आएको लेदोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ। मध्य पहाडी लोकमार्ग अन्तर्गत गोलोन्जर गाउँपालिका ६ अक्करे भिरमा बिहान पौने छ बजेदेखि पहिरो र ढुंगा माटोसहितको लेदोको कारण अवरुद्ध‌ भएको सडक अहिले सञ्चालनमा आएको हो। 

सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार पहिरो पन्छाएपछि राजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको हो । 

गोलन्जोर गाउँपालिका ६ नाकाजोलीबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको बोलेरो दुर्घटना हुँदा अवरुद्ध विपी राजमार्गसमेत सञ्चालनमा आएको छ । 

कमलामाई नगरपालिका २ चियाबारी नजिक बोलेरो सडकमै पल्टिएर दुर्घटना हुँदा सडक अवरुद्ध भएको थियो। दुर्घटना भएको बोलेरो हटाइएपछि विपि राजमार्ग संचालनमा आएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.