मार्क्सवादी ज्ञान केन्द्रको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुन: तिमिल्सिना
काठमाडौं : मार्क्सवादी ज्ञान केन्द्रको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ।अधिवेशनबाट अध्यक्षमा पुन: मनहरि तिमिल्सिना चयन भएका छन्। उनको नेतृत्वमा १७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ।
ज्ञान केन्द्रको वरिष्ठ उपाध्यक्षमा इन्द्रराज भट्टराई, उपाध्यक्षमा रेशमकुमार अधिकारी, महासचिवमा हुमनाथ न्यौपाने ‘सुदीप’, उपमहासचिवमा दुस्यान्त भट्टराई, सचिवमा सागर अधिकारी र कोषाध्यक्षमा राधिका ओझालाई चयन भएका छन्।
सदस्यहरूमा भीमप्रसाद सुवेदी, भूपनारायण यादव, त्रिविक्रम ज्ञवाली, सीता कडरिया, टीका ओली, डा. शंकर खतिवडा, आस्था घिमिरे, राजुराम सार्की भुल, मीनादेवी नेपाल र लक्ष्मण गुरुङ चयन भएका छन्।
त्यस्तै, सभाले ज्ञान केन्द्रका विभाग प्रमुख र प्रदेश अध्यक्ष समेत चयन गरेको छ। कोशीमा सीता कडरिया, मधेशमा भूपनारायण यादव, बागमतीमा सागर अधिकारी, गण्डकीमा भीम सुवेदी, लुम्बिनीमा गेहेन्द्र ढकाल,कर्णालीमा जयशंकर धिताल र सुदूरपश्चिममा राजुराम सार्की भुल प्रदेश अध्यक्षमा चयन भएका छन्।
अध्यक्ष तिमिल्सिनाले ज्ञान केन्द्रले वैचारिक कामलाई अझ सशक्त ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाए। तिमिल्सिनाले मार्क्सवादी ज्ञान केन्द्रप्रतिको अपेक्षा र भरोसालाई मर्न नदिने प्रतिबद्धता जनाए।