इजरायलमा प्रधानमन्त्री नेतन्याहु विरुद्ध चर्को विरोध प्रदर्शन

गाजामा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि प्रदर्शन

इजरायलमा प्रधानमन्त्री नेतन्याहु विरुद्ध चर्को विरोध प्रदर्शन
सुन्नुहोस्

इजरायलमा बेन्जामिन नेतान्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ। हजारौं मानिस सडकमा उत्रिएका छन् ।

गाजामा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि यी प्रदर्शनहरू सुरु भएका हुन्। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारले बन्धकहरूलाई रिहा गर्न हमाससँग सम्झौता गर्नुपर्छ भन्ने जनताको माग छ।

तेल अवीव, जेरुसेलम र अन्य धेरै सहरहरूमा इजरायली झण्डा बोकेर प्रदर्शनकारीहरू निस्किएका छन्। प्रधानमन्त्री नेतन्याहु र उनको सरकारले बन्धकहरूको रिहाईका लागि हमाससँग सम्झौता गर्न खासै काम नगरेको आरोप उनीहरुले  लगाएका छन्।

गत वर्ष अक्टोबर ७ मा इजरायलमा हमासले आक्रमण गरेपछि गाजामा सयौं मानिसलाई बन्धक बनाएको थियो ।

आइतबार शान्तिपूर्ण रुपमा आन्दोलन सुरु भएपनि  पछि  प्रदर्शन चर्किएर तेल अवीवका प्रमुख राजमार्गहरू अवरुद्ध गरेको थियो। आन्दोलनकारीले सडकमा टायर जलाएका छन् ।

इजरायलको ट्रेड युनियनले सोमबार देशव्यापी हडतालको घोषणा गरेको छ । बन्धकहरुको रिहाईका लागि सरकारले जतिसक्दो चाँडो हमाससँग सम्झौता गर्नुपर्ने उनीहरुको माग छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शनिबार दक्षिणी गाजाको रफाहमा रहेको सुरुङमा छवटा शव फेला पारेको बताएको थियो। बीबीसी 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.