यसरी घुस माग्छन् कृष्णनगर क्वारेन्टाइनका प्रमुख (अडिओसहित)


कपलिवस्तु : कृष्णनगर प्लान्ट क्वारेन्टाइनका प्रमुख बुद्धिराम भट्टराईले सेवाग्राहीसँग हाक्काहाक्की घुस माग्ने गरेका छन्। भारतबाट कृष्णनगर नाका हुँदै नेपालतर्फ भित्रने साग सब्जी, फलफूल, तरकारी, खाद्यान्नलगायतका प्लान्टजन्य वस्तुहरूको विषादी परीक्षणमा सहजता गर्ने भन्दै उनले खुलेरै सेवाग्राहीसँग घुस माग्ने गरेकाछन्। 

प्लान्ट क्वारेन्टाइनका सिलसिलामा स्थानीय व्यवसायीहरूसँग उनले लाखौं रुपैयाँ उठाउँदै आएको खुलेको छ। क्वारेन्टाइनका नाममा अनावश्यक दुख दिने, गाडी जाँच पास ढिलो हुने गरेका कारण आफूहरू बाध्य भइ क्वारेन्टाइन प्रमुख भट्टराईलाई राजश्वबाहेक थप रकम घुस दिनुपरेको कृष्णनगरका एक व्यवसायीले बताए। 

उनले व्यवसायीसँग घुल लिने विषयको एउटा अडिओ सार्वजनिक भएको छ। जसमा उनले पैसा नदिने हो भने काम पनि नगर्ने बताएका छन्।

अडिओको सुरुमा भाइ, उनले के छ हालखबर? खै पूरा पैसा आएन त? भन्दै प्रश्न गर्छन्। उनले यस विषयमा हल्ला नगर्न उल्टै सेवाग्राहीलाई थर्काउँछन्। 
'हुन्न भने हुन्न भन। तिम्रो पैसा फिर्ता गरिदिन्छु। काम छैन। तिम्रो पैसा लैजाउ मलाई चाहिँदैन। आफ्नो काम गर। ल गैहाल। कुरा सिध्यो। दुईथरी कुरा गर्नेसँग म व्यवहार गर्दिनँ। भोलिदेखि तिम्रो काम गर्दिनँ। कुरा सिध्यो,' अडिओमा उनले भनेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.