हामीलाई सरकारमा होइन, जनतामा जान हतारो छ : वर्षमान पुन

हामीलाई सरकारमा होइन, जनतामा जान हतारो छ : वर्षमान पुन
सुन्नुहोस्

नेपालगञ्ज : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफ्नो दललाई सरकारमा जाने हतारो नभएको बताएका छन्। 

पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बाँके जिल्ला सम्मेलनलाई सोमबार नेपालगञ्जमा सम्बोधन गर्दै पुनले सदन र सडकबाट जनताको पक्षमा काम गर्न सरकारलाई खबरदारी गर्ने बताए। पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशासन र समृद्धिका पक्षका काम गर्दा बिचौलियाहरूको डिजाइनमा कांग्रेस-एमालेले रातारात समीकरण निर्माण गरेको गरेको आरोप लगाए। 

सरकारले जनताको पक्षमा काम गरेकै कारण सरबारबाट बाहिरिँदा पार्टी पंक्तिको मनोबल उच्च भएको उनको भनाइ थियो। पुनले सातवटै प्रदेशका परामर्श बैठक सकिँदै पार्टीभित्रका आन्तरिक समस्या समाधान भएर गएको दाबी गरे। अब एकताबद्ध भएर सडक र सदनबाट संघर्ष गर्ने उनले बताए। ‘हामीलाई सरकारमा जान होइन, जनतामा जान हतारो छ’, पुनले भने, ‘हामी जनताको एजेण्डामा एकजुट सडक र सदनबाट सरकारलाई खबरदारी गर्छौं, संघर्ष गर्छौं।’ 

मुलुकको राजनीतिमा बिचौलियाको संरक्षण गर्ने, भ्रष्टाचार र राज्य दोहन गर्ने र सुशासनका लागि त्यस्ता प्रवृत्तिहरुसँग संघर्ष गर्नेहरूबीचको ध्रुवीकरण पैदा भएको टिप्पणी पुनले गरे। ‘बिचौलियाहरूको पक्षमा सरकार छ। हामी तिनीहरूलाई पराजित गर्नुपर्ने पक्षमा छौं। हामीले सरकारमा हुँदा भ्रष्टाचार र राष्ट्रिय सम्पत्ति दोहन गर्ने प्रवृत्तिविरुद्ध संघर्ष गरेका थियौं’, पुनले भने, माओवादीले सरकार छाडेपछि पनि हाम्रो पंक्ति किन उत्साहित छ र उच्च मनोबल किन छ भन्दा सामाजिक न्याय र सुशासन लागि जनताको आकांक्षाका अनुसार काम गरेका छौं।’ 

पुनले सरकारबाट बाहिरिएपछि पुराना संसदवादी पार्टीहरू एकातिर र आफूहरू अर्कोतिरजस्तो भएको बताए। माओवादी पनि पुराना पार्टीहरूजस्तै भयो भन्ने गुनासाहरू थिए र खबरदारीहरू रहेको भन्दै उनले आफूहरूका अगाडि कांग्रेस-एमालेभन्दा फरक हौं भन्ने मौका आएको तर्क गरे। ‘अब हामीलाई पुराना पार्टीहरूभन्दा फरक हौं भनेर पुष्टि गर्ने मौका आएको छ। आफ्नो धार बोकेर अगाडि बढेका छौं’, पुनले भने, ‘सुशासनको, सामाजिक न्यायको, गरिखाने जनताको र उत्पीडित  वर्गको आवाज र एजेण्डाको नेतृत्व हामी गर्छौं।’ 

एमाले अध्यक्ष केपी ओली नेतृत्वमा वर्तमान सरकार बनेपछि जनतामा उकुसमुकुस, असन्तुष्टि र विद्रोहको भावना बढेको उल्लेख गरे। सत्ताधारीप्रति जनतामा बढेको वितुष्णा र असन्तुष्टिलाई भड्काएर प्रतिगमनतिर लैजाने प्रयासमा एकथरि शक्ति लागेको पुनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.