एमालेको पोलिटब्युरो बैठक जारी

एमालेको पोलिटब्युरो बैठक जारी
सुन्नुहोस्

काठमाडौं : सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक जारी रहेको छ। केन्द्रीय कार्यालय च्यासलमा आजबाट सुरु भएको बैठक दुई दिनसम्म सञ्चालन हुनेछ। null

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालयले राखेको प्रस्ताव, पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीति, सरकारको कामको समीक्षा, तेस्रो चरणको पार्टीको सांगठनिक कार्यक्रम सार्वजनिक गर्ने विषयमा छलफल केन्द्रित हुनेछ। बैठकमा २०८४ सालसम्मको पार्टी कामको योजनाबारे विस्तृत छलफल र केन्द्रीय कमिटी बैठकमा लैजाने एजेण्डाका बारेमा पनि छलफल हुनेछ। 

एमालेले सरकार र सांगठनिक गतिविधि सँगसँगै लगेर जनतामाझ पुग्ने लक्ष्य राखेको छ। पछिल्लो समय एमालेले पार्टीलाई चलायमान बनाइरहेको छ। मिसन ग्रासरुट, झुलाघाट चिवाभञ्ज्याङ संकल्प यात्रा चलाएको एमालेले हाल सरकारको नेतृत्व गरेपनि  ‘मिसन ८४’ मा केन्द्रित देखिएको छ। मिसन ८४ लाई मध्यनजर गर्दै तीनै तहका जनप्रतिधिको कामलाई योजनाबद्ध रूपमा अघि बढाउनु अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन्।null

एमालेले यसअघि २०८१ सालमा संगठन र सदस्यता विस्तार गर्ने, पार्टी शुद्धीकरण र  सुदृढीकरण अभियान चलाउने गरी कार्ययोजना तयार पार्ने निर्णय गरेको थियो। एमालेको यस अगाडि बसेको सचिवालय बैठकले मिसन ८४ लाई केन्द्रित गरी ठूलो संख्यामा केन्द्रीय सदस्य र पदाधिकारीहरूको जिम्मेवारी हेरफेर, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.