उपत्यकामा खानेपानीको माग उच्च छ, वैकल्पिक स्रोत खोज्नुपर्छ : मन्त्री यादव

उपत्यकामा खानेपानीको माग उच्च छ, वैकल्पिक स्रोत खोज्नुपर्छ : मन्त्री यादव
सुन्नुहोस्

काठमाडौं : खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा बढ्दो खानेपानीको माग पूरा गर्न मेलम्ची आयोजनासहित अन्य वैकल्पिक स्रोतको आवश्यकता भएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै मन्त्री यादवले काठमाडौं उपत्यकामा खानेपानी वितरणको जिम्मेवारी काठमाडौं उपत्यका खानेपानी लिमिटेडले सम्हालिरहेको तथा उपत्यका बाहिरको २३ वटा सहरमा नेपाल खानेपानी संस्थानमार्फत वितरण भइरहेको जानकारी दिए।
 

देशभरका अन्य स्थानमा खानेपानी तथा ढल व्यवस्थापन विभागको आयोजनामार्फत सेवा पुर्‍याइँदै आएको उनले जानकारी दिए। मन्त्री यादवले उपत्यका वरिपरिका स्थानीय स्रोतबाट संकलन गरिएको पानीले काठमाडौं उपत्यकाको माग पूरा गर्न असमर्थ रहेको जानकारी दिए। 

उनले भने, 'जलवायु परिवर्तनको असरले पानीका मुहानहरू सुक्दै गइरहेको र भूमिगत पानीको सतह घट्दै गएको कारणले सुक्खा याममा आपूर्ति अत्यन्तै कम हुने स्थिति छ।' मेलम्ची आयोजनाको १७ करोड लिटर पानी वितरण हुँदै आए पनि उपत्यकाको मागलाई पूरा गर्न असम्भव भएकोले याङ्ग्री लार्के, भक्तपुरको महादेवखोला, ललितपुरको सिस्नेरी र ठोस्ने खोलाबाट समेत पानी आपूर्तिको अध्ययन भइरहेको मन्त्री यादवले जानकारी दिए।

मेलम्ची आयोजनाको लागि हालसम्म ५९ अर्ब ६२ करोड खर्च भइसकेको मन्त्री यादवले जानकारी दिए। सो आयोजनाको पूर्वाधार निर्माणपछि काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरी काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई लिज फी लिने गरी सञ्चालन गरिँदै आएको मन्त्री यादवले बताए।

मन्त्री यादवले काठमाडौं उपत्यकामा हालः करिब २ लाख ६० हजार घरधुरीमा खानेपानीको जडान रहेको जानकारी दिँदै आगामी दिनमा मेलम्चीको पानी वितरणमा कडाइ गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.