बाइडेनका छोराद्वारा कर छली गरेको स्वीकार

बाइडेनका छोराद्वारा कर छली गरेको स्वीकार
फाइल तस्बिर।
सुन्नुहोस्

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले जानीजानी कर छलीको ९ अभियोगमा दोषी स्वीकार गरेका छन् ।

सन् २०१६ र २०१९ को बीचमा उनले १४ मिलियन डलर कर नतिरेको आरोप अस्वीकार गरेका थिए।

५४ वर्षीय हन्टर बाइडेन आफू निर्दोष रहेको दाबी गर्दै मुद्दाको सामना गर्न चाहन्थे। अभियोजकहरूले आपत्ति जनाएपछि उनी दोष स्वीकार गर्न राजी भएका बीबीसी समाचारमा उल्लेख छ।

तीन महिनाअघि उनी बन्दुक राखेको र लागू औषध प्रयोगको छुट्टाछुट्टै मुद्दामा दोषी ठहर भएका थिए।

बिहीबार उनीविरुद्धको कर छलीको मुद्दा सुरु हुन लागेको थियो र निर्णायकको चयन हुन लागेको थियो तर अन्तिम समयमा हन्टर बाइडेनले आफ्नो निर्णय परिवर्तन गरेका थिए।

हन्टर बाइडेनले व्यक्तिगत कारणले मुद्दा चलाउन नचाहेको उनका वकिलले बताए। उनका साथीहरू र परिवारका सदस्यहरूले उनी लागुऔषधको दुर्व्यसनको सिकार भएको समयको बारेमा गवाही दिन नपरोस् भनेर यसो गरिएको बताइएको छ।

न्यायाधीश मार्क स्कार्सीले उनले दोषी स्वीकार गरे भने अधिकतम १५ वर्षको जेल सजाय र ५ लाख डलरदेखि १० लाख डलरसम्म जरिवाना तिर्नुपर्ने बताए।

ह्वाइट हाउसको चुनाव सकिएको एक महिनापछि उनका पिता जो बाइडेनको कार्यकाल समाप्त हुने  र सोही समयमा डिसेम्बर १६ मा उनको सजायको निर्णय हुने जनाइएको छ। 

राष्ट्रपति बाइडेनले यसअघि आफ्नो छोरालाई माफी दिन आफ्नो शक्ति प्रयोग नगर्ने बताएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.