भारतद्वारा ब्यालेस्टिक मिसाइल अग्नि-४ को सफल प्रक्षेपण

भारतद्वारा ब्यालेस्टिक मिसाइल अग्नि-४ को सफल प्रक्षेपण
तस्बिर : बीबीसी।
सुन्नुहोस्

नयाँ दिल्ली : भारतले शुक्रबार मध्यम दूरीको ब्यालेस्टिक मिसाइल अग्नि-४ सफलतापूर्वक प्रक्षेपण गरेको छ । भारतीय रक्षा मन्त्रालयका अनुसार यो मिसाइल ओडिशाको चंडीपुरबाट प्रक्षेपण गरिएको थियो। यो प्रक्षेपण परिचालन र प्राविधिक मापदण्डहरू पूरा गर्न सफल भएको छ।

अग्नि-४ मिसाइल रणनीतिक बल कमाण्ड अन्तर्गत प्रक्षेपण गरिएको छ।

अग्नि-४ को सफल परीक्षणलाई भारतका लागि निकै महत्त्वपूर्ण मानिएको छ। यसलाई भारतको आणविक प्रतिरोध कार्यक्रमको हिस्सा मानिएको छ। अग्नि–४ मिसाइलको प्रहार क्षमता ४ हजार किलोमिटरभन्दा बढी रहेको बीबीसी समाचारमा उललेख छ ।

भारतले यो वर्षको अप्रिलमा ओडिशाको तटमा रहेको अब्दुल कलाम टापुबाट १,००० देखि २,००० किलोमिटरसम्म मार हान्न सक्ने नयाँ पुस्ताको आणविक सक्षम अग्नि प्राइम ब्यालिस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको थियो। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.