हङकङमा ढाका कपडाको सम्बर्द्धन गर्न ‘सेःक्मुरी युन्छो’
हङकङ : याक्थुङ थाक्का (ढाका) कपडाको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले हङकङमा सेःक्मुरी युन्छो (जीवनको प्रतिक फुल) नामक कार्यक्रमको आयोजना हुने भएको छ।
याक्थुङ आर्टिस्ट सोसाइटी हङकङले आयोजना गर्ने उक्त कार्यक्रममा गायक विकास लिम्बु, गायिका अनु चौधरी, सीता सिङघक, यादेन शेर्मा, संयुक्ता डान्स स्टुडियोको प्रस्तुतिसँगै निर्मला आङबुहाङ लिम्बुद्वारा डिजाइन तेह्रथुमे ढाका बुटिक फेशन शो, लिम्बु डे«समा व्यावसायीक मोडलहरूको क्याटवाक, मेकअप/हेयर कन्टेष्ट, परम्परागत गरगहना र परिकारको प्रस्तुति लगायत समेटिनेछ।
विदेशी भूमिमा नेपालको प्रतिनिधित्व गर्दै जातीय संस्कार, संस्कृति र परम्परा बोकेको ढाका उद्योगको परिचय, महत्व र बजारीकरणका लागि सहजीकरण गर्ने आयोजकले बताए। नेपालको उत्पादनलाई आत्मसाथ मात्र गर्ने हो भने, यसले आन्तरिक देशको अर्थतन्त्रमा ठूलो बल पु¥याउने उनीहरूको दाबी थियो।
हेमराज अन्छङबो र श्यामकुमार इङ्नामको संयोजन, युगल पोमो लिम्बुको निर्देशनमा आयोजना हुने कार्यक्रम २०२४ अक्टोबर ५ तारिकका दिन ब्लुओसन रेष्टुरेन्टको सभाहलमा हुनेछ।