रामेछाप कांग्रेसमा विवाद : ऊर्जा राज्यमन्त्री कान्छाराम सहभागी कार्यक्रममा विरोध गर्न सचिवको आह्वान

रामेछाप कांग्रेसमा विवाद : ऊर्जा राज्यमन्त्री कान्छाराम सहभागी कार्यक्रममा विरोध गर्न सचिवको आह्वान
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेस रामेछापको नेतृत्वबीच विवाद छताछुल्ल भएको छ। रामेछापका जिल्ला सभापतिसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) पार्टीभित्र छलफल नगरी एकलौटी ढंगले चलेको भन्दै कार्यशैलीलाई लिएर सचिव दीपक खड्काले आपत्ति जनाएका हुन्।

सचिव खड्काले आइतबार विज्ञप्ति जारी गर्दै पार्टीमा बिना सल्लाह एकलौटी ढङ्गबाट काम गर्ने र सचिवको अधिकार भित्रको कार्यमा हस्तक्षेप गरी अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको मर्यादामा समेत असर पर्ने कार्य गरेको आरोप लगाए। उनले विधान विपरीत तानाशाही प्रवृत्तिका साथ अघि बढेको हुँदा उक्त प्रवृत्तिको विरुद्धमा सम्पूर्ण काग्रेस शुभचिन्तकहरुलाई एकजुट भई तानाशाही कार्यकाविरुद्धमा लाग्न आग्रह गरे।

‘नेपाली कांग्रेस जिल्ला कार्य समिति रामेछापको १४ औं जिल्ला अधिवेशनबाट पार्टी सभापति मा. पूर्णबहादुर तामाङ (कान्छाराम) र अन्य पदाधिकारीहरु र सदस्यहरु समेत एउटै प्रकृयाबाट निर्वाचित भई हाल पार्टीमा क्रियाशिल हुँदै आएको सर्वविदितै छ। सम्पन्न अधिवेशन पश्चात् पार्टीको विधान अनुसार पाएको जिम्मेवारीलाई पूर्णरुपमा पालना गर्ने कुरामा जिल्ला कार्य समिति रामेछापको पार्टी सचिव म दीपक खड्का प्रतिबद्ध रहेको व्यहोरा समेत यसै प्रेश विज्ञप्ती मार्फत जानकारी गराउँदछु।’ विज्ञप्तिमा भनिएको छ,‘ सभापति मा. पूर्णबहादुर तामाङ (कान्छाराम) ले बिना सल्लाह एकलौटी ढङ्गबाट काम गर्ने र सचिवको अधिकार भित्रको कार्यमा हस्तक्षेप गरी अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको मर्यादामा समेत असर पर्ने कार्य गरी एकलौटी तवरबाट आफू सभापति हुने बित्तिकै पार्टीको सवै कार्य गर्ने आफैं भएको महसुस गरी पार्टी विधान विपरित तानाशाही प्रवृत्तिका साथ अघि बढेको हुँदा उक्त प्रवृत्तिको विरुद्धमा सम्पूर्ण काग्रेस शुभचिन्तकहरुलाई एकजुट भई तानाशाही कार्यका विरुद्धमा लाग्न अनुरोध गर्दछु।’

सचिव खड्काले भदौ २४ गते १११ औं बिपी जयन्ती मनाउने विषयमा पनि सभापति तामाङले जिल्ला कार्यसमितिमा छलफल बिनै एकलौटी निर्णय गर्दै परिपत्र गरेको उल्लेख गरेका छन्। पार्टीको बैठक बसी तत्काल यो विषयमा समस्या समाधानको विषयमा गम्भीर छलफलपश्चात पार्टीलाई एक ढिक्कारुपमा अघि बढाउने प्रतिबद्धता सभापति तामाङले सार्वजनिक नगरे विरोध गर्ने बताए। कार्यक्रममा विद्रोहका नारालगायत विभिन्न विरोधका कार्यक्रमहरु समेत सञ्चालन गरिने भन्दै सचिव खड्काले काँग्रेस कार्यकर्तालाई विरोधको अभियानमा सहभागी भइ अराजक गतिविधि गर्नेबाट पार्टी जोगाउन आह्वान गरेका छन्।

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.