नेप्से परिसूचक ७८ अंकले बढ्यो , कारोबार रकममा पनि सुधार

नेप्से परिसूचक ७८ अंकले बढ्यो , कारोबार रकममा पनि सुधार
सुन्नुहोस्

काठमाडौं : सेयर कारोबार साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। पछिल्ला केही दिनयता ओरालो लाग्दै आएको सेयर बजार आज उच्च अंकले बढेर बन्द भएको हो।

नेप्से परिसूचक ७८.१७ अंकले बढेर २६८८.३८ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.८९ प्रतिशतले बढेर ४७६.४८ विन्दुमा अडिएको छ। नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम पनि बुधबारको तुलनामा बढेको छ।

यसदिन ३१८ स्क्रिप्सको १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता सेयर ८ अर्ब १६ करोड  ९२ लाख  ७४ हजार ६१२ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ६ अर्बमाथिको सेयर कारोबार भएको थियो।

आज पाँचवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। वि नेपाल लघुवित्त वित्तीय संस्था,ग्रीन भेन्चर्स,इस्टर्न हाइड्रोपावर, रवा इनर्जी डेभलपमेन्ट र एसियन हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।

कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ४७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

यसैगरी हिमालयन रिइन्स्योरेन्सर र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको २४/२४ करोड बराबरको कारोबार भयो। अपी पावरको १८ र हाइड्रोइलेक्ट्रसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्टको १७ करोड मूल्य बराबरको  सेयर कारोबार गरे।

कारोबारमा आएका २२९ स्टक्सको मूल्य बढ्दा १२ वटाको घटयो भने ३ वटाको मूल्य भने स्थिर रह्यो। ​​​​​​​म्युचुअल फण्डको उपसूचकबाहेक अन्य समूहको उपसूचक सकारात्मक देखिएका छन्। 

यसदिन हाइड्रोपावर समूहको उपसूचक सर्वाधिक ४.२४ प्रतिशतले बढ्यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.