म्यानमारमा बाढी : दुई सयभन्दा बढीको मृत्यु, पाँच लाख प्रभावित

म्यानमारमा बाढी : दुई सयभन्दा बढीको मृत्यु, पाँच लाख प्रभावित
सुन्नुहोस्

चक्रवात ‘यागी’का कारण आएको बाढीमा परी म्यानमारमा जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ ।  बाढीमा परी दुई सयभन्दा बढी मानिसको मृत्यु भएको देशको सैनिक सरकारले जनाएको बीबीसी समाचारमा उल्लेख छ ।

८० भन्दा बढी मानिस अझै बेपत्ता छन् । ‘यागी’ यस वर्ष एसियामा आएको सबैभन्दा शक्तिशाली आँधी पनि हो ।

आधिकारिक तथ्याङ्क अनुसार भियतनाम, लाओस, थाइल्याण्ड र म्यानमारमा सेप्टेम्बरको सुरुदेखि यसले ५०० भन्दा बढीको ज्यान लिइसकेको छ।

यागीका कारण म्यानमारमा बाढी, पहिरो आएको छ । धेरै गाउँ डुबानमा परेका छन् ।

यसका साथै म्यानमारमा धेरै एकडमा लगाएको बाली पनि नष्ट भएको छ । यहाँका पाँच लाखभन्दा बढी मानिसका लागि खाद्यान्न, पिउने पानी, बास र लत्ताकपडाको तत्काल प्रबन्ध गर्नुपर्ने पनि राष्ट्रसंघले चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघले चक्रवात ‘यागी’ ले राजधानी नेपिडावसहित म्यानमारका थप नौ राज्यमा विनाश गरेको जनाएको छ ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.