प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। साँझ ५ :३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सरकारका नियमित कामकारवाहीबारे छलफल हुने जनाइएको छ।