हुम्लामा दशौं राष्ट्रिय हक्की हुने, पूर्वाधार निर्माण भने अझै भएन

हुम्लामा दशौं राष्ट्रिय हक्की हुने, पूर्वाधार निर्माण भने अझै भएन
सुन्नुहोस्

हुम्ला : कर्णालीमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका अन्तर्गत हुम्लामा हक्की खेल हुने भएको छ। सदरमुकाम सिमकोटमा गर्न लागिएको हक्कीका लागि आवश्यक पूर्वाधार निर्माण भने अझै भएको छैन। 

सिमकोट खेल मैदानको पूर्वाधारको समस्याले विभिन्न चुनौती देखिएको छ। हालसम्म भलिबल र फुटबलको प्याराफिट निर्माण मात्र भएको छ। १ करोड ६२ लाखको लागतमा खेल मैदान रातारात मैदानको वाल र मैदानको खोल्साखोल्सी सम्याउने काम सकिएको छ।

तर, खेलाडीका लागि ड्रेस चेन्जिङ रुम, शौचालय, खानेपानी  र दर्शक राख्नका लागि गतिलो पूर्वाधार निर्माण नहुँदा खेल प्रभावित हुन सक्ने देखिएको हो। संघ र प्रदेश सरकारबाट बर्सेनि खेल मैदान निर्माणका लागि बजेट आए पनि हालसम्म भएको खर्चको तथ्यांक राखिएको छैन। 

कर्णाली प्रदेश खेलकुद परिषदले हुम्लामा हक्की खेलका लागि स्थान दिनु हुम्लाका लागि गर्वको कुरा रहेको हुम्ला फुटबल एकेडेमीका अध्यक्ष विष्णु रावतले बताए। हक्कीका कारण पहिले भन्दा राम्रो खेल मैदान भएको रावतले बताए। उनका अनुसार शौचालय, खानेपानी, ड्रेस चेन्ज गर्न कोठा आवश्यकता पर्ने गरेको रावतले बताए।

तीन पटक राष्ट्रिय हक्की खेलमा सहभागी भएको हुम्लाका सुशान्त रावतका अनुसार उच्च स्थानमा रहेको खेल मैदान भएकोले अक्सिजनको समस्या हुने बताए। खेल मैदान समथर बनाएर कडा जमिन हुनुपर्ने उनको भनाइ थियो। 

हुम्ला जिल्ला हक्की संघको सचिव सूर्य रावतका अनुसार खेल मैदान समथर छैन। खेल मैदान राम्रो रहेको र कडा समथर माटो भएपनि हक्की खेल्न सकिने हक्की संघ हुम्लाका सचिव रावतले बताए। हुम्ला जिल्लामा हुने राष्ट्रिय हक्की खेलमा पुरुषको १० टिम र महिला ८ टिम सहभागी रहने उनले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.