अमेरिकामा गैरआवासीय नेपाली नागरिकलाई अर्थमन्त्रीको सन्देश

नेपालको आर्थिक समृद्धिमा योगदान गर्नुस्, सरकारले लगानी सुरक्षाको ग्यारेन्टी गर्छ : उपप्रधानमन्त्री पौडेल

नेपालको आर्थिक समृद्धिमा योगदान गर्नुस्, सरकारले लगानी सुरक्षाको ग्यारेन्टी गर्छ : उपप्रधानमन्त्री पौडेल
सुन्नुहोस्

वासिङ्गटन डिसि : उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक समृद्धिलाई अघि बढाउन एमाले र कांग्रेस मिलेर वर्तमान सरकार निर्माण भएको बताएका छन्। संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा रहि विभिन्न पेशा व्यवसाय गर्दै आएका नेपाली समुदायलाई शनिबार नेपाली दूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रधानमन्त्री पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न र जनतामा आशा जगाउन दुई ठूला दलले काम गरिरहेको बताएका हु्न्। 

उनले जनतामा रहेको निराशा चिर्दै सुन्दर भविष्य निर्माण गर्ने दिशामा वर्तमान सरकार क्रियाशील रहेको दाबी गरे। पौडेलले गैरआवासीय नेपालीहरूलाई नेपालमा उर्जा, पर्यटन, सूचना प्रविधि लगायत उच्च सम्भावनाका क्षेत्रमा लगानी गर्न आग्रह गरे।

उपप्रधानमन्त्री पौडेलले गैर आवासीय नेपाली नागरिकहरूलाई मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्नमा आवश्यक कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराए। उनले गैरआवासीय नेपालीको लगानी रहने एनआरएनए डेभलपमेन्ट फन्ड कार्यान्यनमा जाने अन्तिम चरणमा रहेको पनि बताए।

‘नेपालमा लगानीको आकर्षक प्रतिफल प्राप्त गर्ने अवसर छ, सरकारले तपाईंहरूको लगानी सुरक्षाको ग्यारेन्टी गर्दछ, तपाईंहरूले गरेको लगानीको प्रतिफल सहजै लैजान सक्ने गरी कानूनी एवं प्रक्रियागत प्रबन्ध मिलाउँदै छ,’ उपप्रधानमन्त्री पौडेलले भने, ‘व्यक्तिगत रुपमा प्रतिफल प्राप्त गर्न र नेपालको आर्थिक समृद्धिमा योगदान गर्न पनि म साथीहरूलाई आग्रह गर्दछु।’ 

नेपालमा लगानीका लागि उच्च सम्भावना र प्रतिफलको अवसर छ : ढकाल 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्‍घका अध्यक्ष चन्द्र ढकालले नेपालमा लगानी सम्बद्ध कानूनहरूलाई समसामयिक परिमार्जन गरी उपयुक्त वातावरण निर्माण भएको जानकारी गराए। उनले नेपालमा लगानीका लागि प्रशस्त अवसर र सम्भावना भएकाले गैरआवासीय नेपालीहरूलाई विदेशमा रहँदा आर्जन गरेको ज्ञान, सीप, पूँजी र प्रविधिलाई मुलुकको विकासमा उपयोग गर्न आग्रह गरे। नेपालमा लगानीका लागि उच्च सम्भावना र प्रतिफलको अवसर रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले नेपालको निजी क्षेत्र गैरआवासीय नेपालीसँग सहकार्य र साझेदारी गर्न तत्पर रहेको पनि बताए।

कार्यक्रममा अमेरिकामा रहेर विभिन्न पेशा व्यावसाय गर्दै आएका गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने सम्बन्धमा आफ्ना अनुभव तथा सुझावहरू राखेका थिए। 
उपप्रधानमन्त्री पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रय मुद्रा कोषको वार्षिक बैठकमा सहभागि हुने क्रममा  संयुक्त राज्य अमेरिकामा रहेको अवसरमा राजदुतावासले कार्यक्रम गरेको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.