मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने

मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
सुन्नुहोस्

काठमाडौं : निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनको मतगणनाको अद्यावधिक परिणाम  बेवसाइटमार्फत हेर्न सकिने व्यवस्था मिलाएको छ। 

मतगणना परिणामबारे सहज पहुँच तथा जानकारीका लागि www.result.election.gov.np लगइन गरी ‘अपडेट’ लिन सकिने आयोगका प्रवक्ता सहसचिव नीता पोखरेल अर्यालले जानकारी दिए। 

आउँदो आइतबार नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार तथा वडा अध्यक्ष ३३ गरी जम्मा ४१ पदका लागि उपनिर्वाचन हुँदैछ। आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म तोकिएका केन्द्रमा मतदान हुनेछ। मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणनास्थलमा संकलन भएपछि मतगणना कार्य प्रारम्भ हुने आयोगले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.