काठमाडौं महानगरपालिका-१६ मा वडाध्यक्षका लागि मतदान जारी (तस्बिर)

काठमाडौं महानगरपालिका-१६ मा वडाध्यक्षका लागि मतदान जारी (तस्बिर)
युवक मावि, पक्नाजाेल मतदान केन्द्र। तस्बिर : अभिशेक महर्जन

काठमाडौं : काठमाडौं महानगरपालिका वडा नं-१६ मा वडाध्यक्ष पदका लागि मतदान सुरु भएको छ। आज बिहान ७ बजेबाट मतदान केन्द्रमा मतदाता लाइनबद्ध भएर मतदान गरिरहेका छन्। आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ।null

काठमाडौं महानगरपालिका - १६ को वडाध्यक्ष पदमा मा कांग्रेस,एमाले, रास्वपालगायत १० स्वतन्त्रसहित १८ जना उम्मेदवार कायम भएको निर्वाचन आयोगले जनाएको छ । सो वडाका लागि कांग्रेसले देवेन्द्र पाठक, एमालेले लक्ष्मीरत्न मानन्धर र राष्ट्रिय स्वतन्त्र पार्टीले रोजिना श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

यसैगरी राप्रपा, नेकपा एकीकृत समाजवादी, राप्रपा नेपाल, जसपाका उम्मेदवार पनि चुनावी मैदानमा छन् । यसअघिका वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि सो वडामा उपनिर्वाचन भएको हो । 

 १ मेयर, १ उपमेयर, २ गाउँपालिका अध्यक्ष, ४ गाउँपालिका उपाध्यक्ष र ३३ वडाध्यक्षका लागि चुनाव हुन लागेको हो। 

तस्बिरमा हेर्नुहोस् युवक मावि, पक्नाजाेल मतदान केन्द्रका मतदाता

nullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.