स्थानीय तह उपनिर्वाचन : दिउँसो ३ बजेसम्म ५८ प्रतिशत मत खस्यो

स्थानीय तह उपनिर्वाचन :  दिउँसो ३ बजेसम्म ५८ प्रतिशत मत खस्यो

काठमाडौं : स्थानीय तह उपनिर्वाचन जारी छ। आइतबार दिउँसो ३ बजेसम्म ५८ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता एवं  सह-सचिव निता अर्याल पोखरेलले जानकारी दिएकी छन्। 'उत्साहपूर्वक मतदान भइरहेको छ। कडा सुरक्षा व्यवस्थाका कारण शान्तिपूर्ण मतदान भइरहेको हो। मतदान सकिएलगत्तै मतपेटिका संकलन गरेर तोकिएको स्थानमा मतगणना आजैबाट  सुरू हुनेछ,'उनले भनिन्।

स्थानीय तहमा रिक्त ४२ पदका लागि आइतबार बिहान ७ बजेदेखि सुरू भएको मतदान बेलुका ५ बजेसम्म मतदान हुनेछ।

आयोगका अनुसार  वडाध्यक्षको मतपरिणामको अन्तिम नतिजा सम्भत: आजै राति सार्वजनिक हुनेछ। आयोगका अनुसार सबैको चाँसो रहेको काठमाडौंस्थित कीर्तिपुरको मतपरिणामको नतिजा आउन सोमबार  साँझसम्म कुर्नुपर्नेछ।

नगरपालिका प्रमुख एक,उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो।

आयोगले मतपरिणामको नतिजा आयोगको वेवसाइटमा हेर्न आग्रह गरेको छ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.