सुनको सिक्री लुटपाट गर्ने दुई जना पक्राउ

सुनको सिक्री लुटपाट गर्ने दुई जना पक्राउ
सुन्नुहोस्

काठमाडौं : सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा धादिङको धुनिवेशी नगरपालिका-२ घर भई काठमाडौंको नागार्जुन नगरपालिका-४ शरणपुर बस्ने ४२ वर्षीय गोरे तामाङ र काठमाडौं महानगरपालिका-१५ बिजेश्वरी बस्ने ३९ वर्षीय वावु भन्ने कृष्ण प्रसाद श्रेष्ठ रहेका छन्। 

काठमाडौंको नागार्जुन नगरपालिका-६ टोखेल बस्ने ७२ वर्षीया वृद्धाले घाँटीमा लगाएको करिब २ तोला सुनको सिक्री बा ९६ प ५७१७ नम्बरको मोटरसाइकलमा आएका अपरचित व्यक्तिहरूले बिहीबार दिउँसो लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो। 

साथै प्रहरीले उनीहरूको साथबाट २ तोलाको सुनको सिक्री र १ थान मोटरसाइकल समेत बरामद गरेको छ। 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.