पावरप्लेमा ओपनरद्वयको आक्रामक ब्याटिङ, पोखरा एभेन्जर्सले बनायो ५२ रन
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को नवौं दिनको दोस्रो खेलमा पोखरा एभेन्जर्सले ५२ रन बनाएको छ। त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सविरुद्ध टस जितेको पोखराले पावरप्लेमा २ विकेट गुमाउँदै ५२ रन बनाएको हो।
पहिलो विकेटका रुपमा पोखराले ओपनर एन्ड्रिज गोउसलाई गुमायो। उनले १२ बलमा ४ चौका र १ छक्का प्रहार गरे।पहिलो विकेटका लागि गोउस र दिनेश खरेलले ४६ रनको साझेदारी गरेका थिए।
कर्णालीका लागि विपिन शर्माले पहिलो विकेटको साझेदारी तोडे। उनले गोउसलाई विलियम बोसिस्टोको हातमा क्याच गराए।
५.२ ओभरमा युनिस ठकुरीले दिनेश खरेललाई २६ रनमा बोल्ड गरे। दिनेशले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
हाल क्रिजमा कप्तान कुशल भुर्तेल ३ र रेमोन रेफर ७ रन बनाएर खेलिरहेका छन्।
कर्णाली याक्सका लागि विपिन शर्मा र युनिसले समान १/१ विकेट लिए। कर्णालीका लागि यो पाँचौं खेल हो भने पोखरा एभेन्जर्सको यो चौथो खेल हो।
प्रतिक्रिया दिनुहोस !