सुदूरपश्चिम रोयल्सका दुवै ओपनर आउट
काठमाडौं : सुदूरपश्चिम रोयल्सविरुद्धको पहिलो खेलमा जनकपुर बोल्ट्सले तेस्रो विकेट लिएको छ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबार टियु क्रिकेट मैदानमा जारी खेलमा जनकपुर बोल्ट्सका शेर मल्लले तेस्रो विकेट लिएका हुन्।
मल्लको बलमा सुदूरपश्चिम रोयल्स बिनोद भण्डारीलाई जोशुआ ट्रम्पले क्याच गरे। भण्डारीले ३७ बलमा १ छक्कासहित ३७ रनको योगदान गरे।
त्यस अगाडि पनि मल्लले ८.४ ओभरमा हरमित सिंहलाई आउट गरेका हुन्। उनी ३ बलमा १ रन बनाएर बाहिरिए।
आज जनकपुरका कप्तान अनिल कुमार शाहले टस जितेर बलिङ रोजेका हुन् । अहिले सुदूरपश्चिम रोयल्स १२ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा ७५ रन बनाएर खेलिरहेको छ।
प्रतिक्रिया दिनुहोस !