संसदीय बैठकमा राजकिशोर यादव र प्रेम सुवालबीच यसरी भयो चर्काचर्की (भिडियो)


काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेमकिपा सांसद प्रेम सुवालबीच चर्काचर्की भएको छ।

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णय सुनाउने क्रममा आफ्नो असहमतिलाई सभापतिले बेवास्ता गरेको भन्दै सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित भएका थिए। सो क्रममा उनीहरूबीच चर्काचर्की भएको हो।

सांसद सुवालले औंला ठड्याउँदै 'यसो गर्न पाइँदैन' भन्दै आक्रोशित बनेपछि सभापति यादव पनि जंगिएका थिए। 'अमर्यादित ढंगले नौटंकी गर्ने,' यादवले भने।

सांसद सुवाल झनै आक्रामक बन्दै राजा जसरी हुत्याउने चेतावनी दिन्छन्। 'मैले भनेपछि तपाइँले के हो भन्नुपर्छ। तपाईँलाई राजाजसरी हुत्याइन्छ। यो समितिबाट पनि हुत्याइन्छ, होस् गर्नुस्,' सुवालले चेतावनी दिन्छन्। उनले पार्टीगत हामी दुवै जना एक्ला एक्लै भएको भन्दै फूर्ति नलाउन चेतावनी दिन्छन्। उनले पटक-पटक निरंकुश बन्ने भन्दै प्रश्न गरेपछि सभापति यादवले 'बन्छु' भन्ने जवाफ दिन्छन्।

नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निर्णय गर्ने क्रममा समितिमा उपस्थित नभएका सांसदको संयोजकत्वमा उपसमिति बनाइएको भन्दै सांसद सुवालले असहमति जनाएका थिए। 

समितिले निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेस गर्न समिति सदस्य शिशिर खनालको संयोजकत्वमा नेपाल वायुसेवा निगम अध्ययन उपसमिति गठन गर्ने निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.