नारायणी अस्पतालमा बिग्रिएका ३ करोड बढीका मेसिनहरू मर्मत

नारायणी अस्पतालमा बिग्रिएका ३ करोड बढीका मेसिनहरू मर्मत
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जस्थित नारायणी अस्पतालमा बिग्रिएर वर्षौंदेखि थन्किएका ३ करोडभन्दा बढी मूल्यका उपकरण र मेसिनहरू मर्मत गरिएको छ। 

राष्ट्रिय आविष्कार केन्द्रले मर्मत मेसिनहरू मर्मत गरिदिएको हो। अस्पताल प्रशासन र केन्द्रबीच अस्पतालमा बिग्रिएर थन्किएका मेसिन र उपकरणहरू केन्द्रका प्राविधिकहरूले मर्मत गरिदिने सम्झौता पुस ११ गते भएको थियो।

उक्त सम्झौताअनुसार पुस ११ गतेदेखि नै काम थालेका केन्द्रका बायोमेडिकल इन्जिनियर उमेश किरान्त नेतृत्वको ३ जना इन्जिनियरको टोलीले पहिलो चरणमा अस्पतालका ६० भन्दा बढी उपकरण र मेसिनहरू मर्मत गरेर सञ्चालनमा ल्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) चुमनलाल दासले जानकारी दिए। 

केन्द्रका बायोमेडिकल इन्जिनियरहरूले पहिलो चरणमा एक हप्तासम्म अस्पतालमै खटेर ६० भन्दा बढी उपकरण मर्मत गरिदिएको र मर्मतपछि ती उपकरणहरू सञ्चालनमा ल्याइएको उनले बताए।

मेसु दासका अनुसार केन्द्रका बायोमेडिकल इन्जिनियरहरूको टोलीले आइसियु वार्ड, एनआइसियु वार्ड, अप्रेसन थियटर, रेडियोलोजी, सिसियु वार्ड लगायत ६ वटा वार्डमा गरी ६० भन्दा बढी मेसिन मर्मत गरिसकेका छन्।

भेन्टिलेटर, डायलोसिस मेसिन, बेबी वार्मर, फोटो थेरापी मेसिन, एनेस्थेसिया, मेसिन, बबल सिप्याप, ल्याप्रोस्कोपी भिडियो प्रोसेसर, इलेक्ट्रोसर्जिकल युनिट, प्रोटेबल एक्सरे मेसिन लगायतका महंगा मेसिनहरू मर्मत सम्भार गरिएपछि अहिले ती उपकरणहरू प्रयोगमा ल्याइसकिएको दासले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.