रैनादेवी छहराको हिउँदे अधिवेशनबाट चारवटा कार्यविधि पारित
तानसेन : रैनादेवी छहरा गाउँपालिकाको १७औं गाउँसभाको दोस्रो बैठकले ४ वटा कार्यविधि पारित गरेको छ।
गाउँ सभाले कृषि औजार कार्यक्रम कार्यान्वयन कार्यविधि, जैविक मल वितरण कार्यक्रम कार्यान्वयन कार्यविधि, दिवा खाजा कार्यक्रम कार्यान्वयन कार्यविधि र दुर्घटना बिमा कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१ पारित गरेको हो।
पालिकाले हालसम्म ४ वटा ऐन, ४ वटा मापदण्ड, ३ वटा निर्देशिका , ४ वटा नियमावली, १ विनियमावली र ४२ वटा कार्यविधि पारित गरेको छ।
गाउँपालिका उपाध्यक्ष युवराज थापाले १७ औ गाउँसभामा कार्यविधि पेश गरेका थिए। गाउँपालिकाबाट कार्यविधि पास भएकाले अब योजनाका काम गर्न बाटो खुलेको पालिका अध्यक्ष रुक्मांगत भट्टराईले बताए।