दोलखामा ५६ वर्षपछि पुनः पुस्तकालय स्थापना

दोलखामा ५६ वर्षपछि पुनः पुस्तकालय स्थापना
सुन्नुहोस्

दोलखा : दोलखामा भीम पुस्तकालय पुनः स्थापना भएको छ। कम्प्युटर र इन्टरनेटको पहुँचका कारण पुस्तक पढ्नेको संख्यामा कमी आएकाले यसलाई बढाउनका लागि पुस्तकालय स्थापना गरिएको हो। 

पुस्तक पढ्ने बानीको विकास गराउन र प्राचीन सहर दोलखाको पहिचान यथास्थितिमा राख्न सहयोग पुर्‍याउनका लागि पुस्तकालय स्थापना गरिएको इन्जिनियर आत्माकृष्ण श्रेष्ठले बताए। भीम पुस्तकालय २०१० सालमा त्रिपुरा पुस्तकालयका नाममा स्थापना भएको थियो। पछि २०१४ सालमा भैरव लाइब्रेरी स्थापना भयो। 

दोलखाको माथिल्लो टोलमा  २०२३ सालमा भीषण आगलागी भयो। दोलखाको ऐतिहासिक पुस्तकालय र लाइब्रेरीलाई जोगाउन भीम माविले एउटा कोठा प्रदान गरेको थियो र उक्त कोठामा दुवै पुस्तकालयलाई संयोजन गरी २०२४ सालमा भीम पुस्तकालय नामाकरण गरी स्थापना गरिएको थियो। 

२०७२ सालको भूकम्पले क्षति पुर्‍याएपछि पुस्तकालय बन्द भएको थियो। हाल समाजसेवी इन्जिनियर श्रेष्ठले स्वर्गीय धर्मपत्नीको सम्झनामा पुनः पुस्तकालय स्थापना गरेका हुन्। 

पुस्तकालय विभिन्न संस्कृति, दर्शन, कला, भाषा, धर्म, साहित्य, संगीत, राजनीति, इतिहास, भूगोल, स्वास्थ्य विज्ञान, व्यवस्थापन आदिको पुस्तक, लेख, पत्रपत्रिकाहरू पाइने राम्रो ज्ञानको केन्द्र हो। 

विभिन्न दान धर्म गरे जति नै सन्तुष्टि मिल्ने भएकोले आफ्नो धर्मपत्नीको सम्झनामा पुस्तकालयलाई ब्यूँताउने प्रयास गरेको इन्जिनियर श्रेष्ठले बताए।

पुस्तकालयलाई दीर्घकालीन रूपमा सञ्चालन गरी राख्न कोष स्थापना गर्नुपर्ने आवश्यकता महसुस गरी अक्षय कोष स्थापना गर्ने र उक्त कोषमा एकलाख रुपैयाँ स्वर्गीय धर्मपत्नी कै नाममा राख्ने घोषणा पनि उनले गरे। प्रविधिको विकासका कारण विभिन्न सामाजिक प्लेटफर्म मार्फत अध्ययन गर्न सकिने भएपनि पुस्तकालयमा पढ्नुको मज्जा अल रहेको पुस्तकालयका संयोजक रत्नबहादुर श्रेष्ठले बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.