सरकारले संविधान र संसदलाई उपेक्षा गर्ने काम गरिरहेको छ : माधव नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिले सत्ताको दुरुपयोग भइरहेको बताएका छन्। बुधबार काठमाडौंमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सरकारले संविधान र संसदलाई उपेक्षा गर्ने काम गरिरहेको र सत्ताको दुरुपयोग भइरहेको बताएका हुन् ।
संसदीय समितिमा विधेयकहरु रहेको अवस्थामा नियमबिपरित अध्यादेश ल्याउने काम भइरहेकाले खवरदारीका साथ दबाब दिनुपर्ने उनले बताए।
उनले समितिमा विचाराधीन विधेयक फिर्ता भएपछि मात्रै अध्यादेश ल्याउन मिल्ने जिकिर गरे। अध्यादेश ल्याउनै पर्ने भए सबै दलसँग छलफल गर्दा राम्रो हुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !
३