राष्ट्रिय सभा बैठक बस्दै, के छन् एजेण्डा ?
माघ २०, २०८१ आइतबार १०:३७:३५
काठमाडौं : संघीय संसदअन्तगत राष्ट्रिय सभा बैठक बस्दैछ। बैठक अपरान्ह सवा १ बजे बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक,२०८१ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गर्ने कार्यसूची रहेको छ।