जनचेतना र स्क्रिनिङको खाँचो

जनचेतना र स्क्रिनिङको खाँचो

नेपालमा प्रत्येक एक लाख जनसंख्यामा १ सयदेखि १ सय २० जना नया“ क्यान्सरका रोगीहरू प्रत्येक वर्ष थपिने अनुमान त। त्यस्तै करिब ६० हजार क्यान्सरका रोगी हरसमयमा नेपालमा भएको अनुमान छ। एकातिर यस्तो भयावह स्थिति छ भने अर्कोतिर क्यान्सर बनाउन सक्ने कारणहरू विगतका दशकमा बाह्र सय गुणाले उत्पादन तथा प्रचार प्रसारमा वृद्धि भएको तथ्यांकले देखाउँछ। विश्वमा हुने कुल मृत्युमध्ये १३ प्रतिशत कारक तत्व क्यान्सर हो। र, करिब ९० प्रतिशत क्यान्सर खानपिन, रहनसहन, वातावरण, जीवनशैली आदिको कारणले र १० प्रतिशत शरीरको आन्तरिक कारणले हुने गर्दछ। 

युनिभर्सिटी अफ क्विन्सल्यान्डका खोजकर्ताहरूले १ सय ८५ देशका ३६ प्रकारका क्यान्सरका बिरामी र मृत्यृदरको विश्लेषण गरेका छन्। खोजकर्ताहरूले सन २०५० को संयुक्त राष्ट्रसंघको जनसंख्या पूर्वानुमानमा यो दर लागू गरेर भविष्यका क्यान्सरका बिरामी र मृत्यृको प्रक्षेपण गरेका ह«न। सन् २०२२ मा २ करोड क्यान्सर भएकामा सन् २०५० मा ३ करोड ५३ लाख पुग्ने र मृत्यृु९७ लाखबाट १ करोड ८५ लाख पुग्ने आंकलन छ। मानव विकास सूचकांकमा कम भएका देशहरूमा सन् २०५० सम्ममा ३ गुणाले बढ्ने अनुमान छ।

क्यान्सर के हो ?    

शरीरको अंग प्रत्यंगका कोषहरू वा कोषिकाहरू अनियन्त्रित र असामजस्य रूपमा अस्वाभाविक आकार र संख्यामा वृद्धि भएर शरीरलाई प्रतिकूल असर पार्ने, नसर्ने रोगहरूमध्येको सबैभन्दा डरलाग्दो र प्राणघातक रोग क्यान्सर हो। क्यान्सरले आफू नजिकका तन्तुहरूलाई असर पार्नुका साथै शरीरमा एक स्थानबाट अर्को स्थानमा तन्तुमा रगत, लिम्फ आदि बाट सर्न वा असर पार्न सक्दछ। तर एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन। अर्बुद रोग उपचार गर्न सकिन्छ। पुरुषमा प्रायःजसोको उपचार हुन्छ र महिलामा झन् सुरुमै पत्ता लगाउन सकिन्छ। 

अर्बुद रोग हुने सम्भावना निश्चितरूपले बढाउनेमा रसायनिक विकीरण, विषाणु, हर्मोन, दीर्घकालीन घर्षण, चोटपटक, धातु, प्लास्टिक पर्दछन्। सुर्ती तथा सुर्तीजन्य पदार्थ जस्तै : धूमपान, खैनी, बिडी, मादक पदार्थ, खानपिन– तयारी खाना, बासी खाना र बढी चिल्लो भएको खाना, प्रदूषण– विषालु रसायन, आर्सेनिक, निकेल, अस्वेस्टस, अल्कत्रा र तार, विकिरण– एक्सरे, अल्ट्राभाइलेट किरण पर्छन्। त्यस्तै पोषणको कमी– भिटामिन ए, ई र सी, खनिज तŒव– फलाम, जस्ता, तामा र म्यागनिज, असुरक्षित यौन व्यवहार, हर्मोन र स्ट्रोजेन र टीएसएच तथा उमेर र वंश पनि जोखिम हुन।

आधुनिक जीवनशैली, रेस्टुरेन्टको विकास तथा पाश्चात्य परम्पराको नक्कलले गर्दा विभिन्न किसिमका सेकुवा तथा मदिराको प्रयोगमा बढोत्तरी छ। पोलेको मासुमा नाइट्रोसमाइन रसायन हुने भएकोले मद्यपानस“गै खा“दा मुख, खाद्य नलीको क्यान्सर हुन सक्छ। रक्सीको साथ चिनियाँ बदम खानेलाई कोलन (दिसा नली) र कलेजोको क्यान्सर हुन सक्छ। त्यसैगरी गाडीको टायर बाल्दा उत्पन्न हुने धुवाँमा डाइअक्सिन हुने भएकोले क्यान्सर हुन सक्छ। पुरुषको लिभ·मा जम्मा हुने सेतो पदार्थले क्यान्सर गराउन सक्ने भएकोले प्रत्येक पुरुष तथा महिलाले लिभ· र योनी सधैं सफा राख्नु पर्दछ। 

क्यान्सर बालबालिकादेखि वृद्धसम्म सबैलाई लाग्न सक्छ। तर पनि जति उमेर बढ्दै गयो त्यति नै क्यान्सर लाग्ने सम्भावना बढ्दै जान्छ। तर क्यान्सरको प्रकृति र किसिममा भने भिन्नताहरू हुन्छन्। 

नेपालमा देखिएका क्यान्सरहरूमा पुरुषमा मुख तथा घाँटीको, फोक्सोको र ठूलो आन्द्राको सबैभन्दा बढी पर्दछ भने स्त्रीमा पाठेघरको मुखको, स्तन र फोक्सोको क्यान्सर तथा बालबालिकामा रगत र आँखासम्बन्धी क्यान्सर बढी देखिएको छ। सरकारी आँकडा हेर्दा पुरुषमा फोक्सोको, महिलामा स्तनको र बालबालिकामा रगतको क्यान्सर प्रमुख पाइन्छ। 

सुरुका आठ लक्षणहरू देखा परेमा पनि क्यान्सरको शंका गर्न सकिन्छ। बिनाकारण वजन घटेमा, अपच वा खाना निल्न गाह्रो भएमा, दिसा वा पिसाबको बानीमा फरक परेमा, असाधारण रक्तस्राव वा पिप आएमा, उपचारद्वारा निको नहुने पुरानो घाउ भएमा, हतपत निको नहुने खोकी वा घोक्रो स्वर भएमा, कोठीको रंग र आकारमा परिवर्तन देखा परेमा, स्तन वा शरीरका अन्य भागमा दुख्ने वा नदुख्ने गिर्खा आएमा क्यान्सरको शंका गर्नुपर्छ। अंगअनुसार लक्षणहरू फरक देखिन्छ। उपचार नगरे क्यान्सर लागिसकेपछि व्यक्ति दुब्लो, पातलो, कमजोर हुँदै जाने, भोक नलाग्ने, रक्तअल्पत्ता हुने र प्यारानियोब्लस्टिक सिन्ड्रोम हुँदै सिकिस्त हुन्छ र मृत्यु हुन्छ। 

निदान र उपचार 

बिरामीको इतिहास सविस्तार जाँच गरेर, रगत, दिसा, पिसाबको परीक्षण गरेर, सियोले गिर्खाबाट पानी झिकी परीक्षण गरेर (एफएनएसी) तन्तु वा कोषको बायोप्सी गरेर, साधारण तथा स्पेसल एक्सरे र इन्डोसकपिक जाँच गरेर क्यान्सरको निदान गर्न सकिन्छ। क्यान्सरको स्टेजअनुसार उपचार फरक पर्ने भएकोले क्यान्सरको स्टेजिङ पनि गर्ने गरिन्छ।   

कुनै पनि क्यान्सरको उपचार कति सफल रहन्छ भन्ने कुरा क्यान्सरको अवस्था, स्थान, प्रकार तथा किसिमले साथै बिरामीको स्वास्थ्य अवस्था र उमेरले पनि निर्धारण गर्दछ। वयस्कमा १०० क्यान्सरमध्ये ४० क्यान्सरको निको हुन्छ भने बच्चामा १०० मा ६०–९० को निको हुन्छ। यदि सुरुकै अवस्थामा नै क्यान्सरको निदान हुन सक्यो र उपचार सुरु गरियो भने उमेर ढल्किसकेका र रोगको अवस्था जटिल तथा ढिलो भइसकेकोमा भन्दा सफल रहन्छ र क्यान्सर निको भई धनजनको क्षति न्यूनीकरण गर्न सकिन्छ। उपचारमा शल्यक्रिया, विकिरण, हर्मोनथेरापी, इम्युनोथेरापी र केमोथेरापीको प्रयोग गरिन्छ। 

निदानमा धेरै समय लाग्ने उपचारको क्रममा बारम्बार अस्पताल आउनुपर्ने, विभिन्न परीक्षणहरू बारम्बार गराउनुपर्ने, विकिरण तथा केमोथेरापीका कुप्रभाव, पाश्र्वे प्रभावले बिरामी तथा आफन्तमा नकारात्मक सोच ल्याउने भएकोले बिरामी स्वयं आफन्तहरू संलग्न चिकित्सकहरू र स्वास्थ्यकर्मीहरूमा धैर्यको आवश्यकता पर्दछ। 

स्वास्थ्यप्रति सजग रहने र नियमित स्वास्थ्य परीक्षण गर्ने जस्ता व्यक्तिगत एवं वातावरणीय सरसफाइ, उचित खानपान तथा स्वस्थ जीवनयापन गर्नाले क्यान्सर रोगबाट जोगिन सकिन्छ। त्यसैगरी सुरुकै अवस्थामा रोग पत्ता लगाई उपचार गरेमा धेरैजसो क्यान्सर पूर्णतया निको पार्न सकिन्छ र दीर्घायु तथा मानवोचित, जीवनयापनमा सहयोग पुग्दछ। हरेक व्यक्तिले आफ्नो आहारविहारमा परिवर्तन गरेमा ४० प्रतिशत क्यान्सर रोक्न सकिन्छ। 

अन्तमा क्यान्सर हुनुभन्दा पूर्वास्था अर्थात् लक्षण नदेखिँदैको सुरुआती चरणको अवस्थामा नै क्यान्सर रोग पत्ता लगाई शीघ्र उपचारमा सहयोग गर्ने नै स्क्रिनिङ हो। रोगमध्येकै घातक मानिने क्यान्सरको रोकथाम गर्न सरकार र संघसंस्थाहरूको मात्र आस गर्नुभन्दा स्वयं नागरिक नै सचेत हुन आजको आवश्यकता हो।

  (डा. बुढाथोकी, संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता हुन्।) 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.