प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंकले बढ्यो
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३.६७ अंकले बढेर २७१९.५९ विन्दुमा पुगेको छ। यो समयमा सेन्सेटिभ इण्डेक्स भने ०.७१ अंकले बढेको छ।
आज यो सेसनमा ६४ स्टक्सको २७ हजार ५०९ कित्ता सेयर १ करोड ४७ लाख २० हजार १११ रुपैयाँमा खरिदबिक्री भयो। कारोबारमा आएकामध्ये ३७ स्टक्सको मूल्य बढ्दा २३ वटाको घटेको छ। बाँकी ४ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !