ओलम्पिक कमिटिको निर्वाचनमा सहभागी हुने संस्थालाई राखेपले स्पष्टीकरण सोध्ने

ओलम्पिक कमिटिको निर्वाचनमा सहभागी हुने संस्थालाई राखेपले स्पष्टीकरण सोध्ने

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्ले अदालतको आदेश विपरीत नेपाल ओलम्पिक कमिटिको निर्वाचनमा सहभागी भएका विभिन्न खेल संघ/संस्थाहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

कार्यकारी समितिको बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राखेपले अदालतबाट भएको अन्तरिम आदेश कार्यान्वयनको लागि परिषद्‍बाट भएको निर्देशन विपरीत निर्वाचनमा सहभागी भएका विभिन्न खेल संघ/संस्थाहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

बैठकले ओलम्पिक कमिटिको निर्वाचनमा सहभागी भई तोकिएको समय भित्र स्पष्टीकरण पेस नगरेकाले कराते महासंघलाई ३ दिनभित्र आफ्नो उचित कारणसहित लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

त्यस्तै परिषद्ले दिइएको शर्त पालना गर्ने नेपाल राफ्टिङ एण्ड क्यानोइङ संघ, नेपाल बास्केटबल संघ, नेपाल आर्चरी संघ, नेपाल भलिबल संघ, नेपाल स्की संघ, नेपाल जुडो संघ, नेपाल गल्फ संघ र नेपाल बक्सिङ संघलाई सफाइ पेस गर्न ३ दिन समय सीमासहित मौका दिने निर्णय गरेको राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए।

त्यस्तै अदालतको आदेश विपरीत विद्युतीय माध्यामबाट निर्वाचन गरेको भनिएको ओलम्पिक कमिटिको कुनै पनि बैठक लगायतका काम कारबाहीहरूमा राष्ट्रिय खेल संघ र महासंघहरूलाई सहभागी नगर्न/नगराउन सार्वजनिक रुपमा सूचना जारी गर्ने निर्णय राखेपले गरेको छ। बैठकले नेपाल ओलम्पिक कमिटीको बैंक खाता रोक्का, वैदेशिक सहभागिता एवं अन्य कार्यक्रममा सहभागितामा रोक्का र भौतिक सम्पत्तिको अनाधिकृतरूपमा उपयोगमा रोक्काको लागि सम्बन्धित नियामक निकायहरूमा पत्राचार गर्ने निर्णय गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.