'प्रचण्डको अभिव्यक्ति तथ्यमा भन्दा कुण्ठामा आधारित छ'

'प्रचण्डको अभिव्यक्ति तथ्यमा भन्दा कुण्ठामा आधारित छ'

काठमाडौं : नेकपा एमाले सांसद रघुजी पन्तले तथ्यका आधारमा सरकारको विरोध गर्न प्रतिपक्षीलाई सुझाव दिए। उनले संसदमा प्रचण्डले दिएको अभिव्यक्ति तथ्यमा भन्दा कुण्ठामा आधारित रहेको जिकिर गरे।

सत्य र तथ्यका साथै जनताको आकांक्षामा माओवादी पार्टी देखा पर्न नसकेको उनले बताए। उनले सरकारले ल्याएको अध्यादेशमा विरोध गर्नुपर्ने कुनै कारण नरहेको धारणा राखे।

त्यस्तै नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले वर्तमान सरकारले जनताको अपेक्षा पूरा गर्न सक्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै महतले ठूला दल मिलेर बनेको सरकारप्रति जनताको धेरै आशा रहेको भन्दै जनताको आशा पूरा गर्न खरो रूपमा उत्रनुपर्ने बताए। 

पार्टीभन्दा माथि उठेर सरकारले काम गर्न सक्नुपर्ने उनले बताए। उनले पदबाट बाहिर निस्केपछि प्रचण्डले सदनमा आक्रोश व्यक्त गरेका टिप्पणी गरे।

एकदलीय व्यवस्था स्थापित गर्न माओवादीले युद्ध लडेको भन्दै उनले सबैको पहलका कारण माओवादी बहुदलीय व्यवस्थामा आएको जिकिर गरे। उनले लगानी बढाउनका लागि नै सरकारले अध्यादेश ल्याएकाले सबै एकमत हुनुपर्ने धारणा राखे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.