सामाजिक सञ्जालसम्बन्धी विधेयक सदनबाट पारित हुन्छ : सञ्चारमन्त्री

सामाजिक सञ्जालसम्बन्धी विधेयक सदनबाट पारित हुन्छ : सञ्चारमन्त्री

काठमाडौं : सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालसम्बन्धी विधेयक सदनबाट पारित हुने बताएका छन्। 

सोमबार संसद भवन नयाँ बानेश्वरमा विधेयक हुबहु पारित हुन्छ कि संशोधन गरी अघि बढ्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री गुरुङले विधेयक सदनबाट पारित हुने बताए। उनले विधेयकमा सन्दर्भमा कसले के भने भन्ने ठूलो कुरा नभएको भन्दै आफूले विधेयकमा के ल्याए भन्ने ठूलो कुरा रहेको उल्लेख गरे।

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस गरिसकेको छ। विधेयकले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने भन्दै आलोचना भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.