हुन्डाई आयोनिक फाइभ एन टीएले राख्यो सबैभन्दा तीव्र इभीको रेकर्ड
काठमाडौं : हुन्डाई मोटर कम्पनीको आयोनिक फाइभ एनले ईभी सवारीको प्रदर्शनमा नयाँ मानक कायम गरेको छ। कम्पनीको आयोनिक फाइभ एनले जापानमा गत फेबु्रअरी १५ मा आयोजना भएको ‘अट्याक सुकुबा २०२५’मा सबैभन्दा तीव्र ल्यापटाइमको उपलब्धि हासिल गरेको हो।
जापानको इबाराकी प्रदेशमा रहेको चर्चित सुकुबा सर्किटमा रहेको ट्रयाक कम्प्याक्ट र चुनौतीपूर्ण लेआउटका कारण परिचित छ। यो ट्रयाकले सहभागीहरुलाई उनीहरुको सवारीको क्षमता देखाउने उपयुक्त स्टेज प्रदान गरेको थियो।
उक्त इभेन्टमा हुन्डाई एन, आयोनिक फाइभ एन टीए (टाइम अट्याक) र चर्चित जापानी व्यवसायिक चालक नोबुटेरु तानीगुचीको साउथ उत्रिएको थियो। ‘अट्याक सुकुबा २०२५ मा हुन्डाई आयोनिक फाइभ एन टीए चलाउन पाउदा म गौरववान्वित महशुस गरिरहेको छु। जसले मलाई आफ्नो पुरानो ईभी रेकर्ड तोड्न सहयोग गर्यो,’ तानीगुचीले भने, ‘आईओनिक फाइभ एन टीए स्पेक एकदमै राम्रोसँग रोकिन्छ र यो एकदमै राम्रो सँग ह्याण्डल गर्न पनि सकिन्छ। उत्कृष्ट पावरका बाबजुत जबरजस्त कन्करिङ र स्टेबल कर्नर एक्जिटका साथ यसको कन्ट्रोल पनि राम्रो छ । मैले कारलाई वास्तविक आत्मविश्वासका साथ यसको उच्च गतिमा धकेल्न सकेको छु।’
आयोनिक फाइभ एनको मोटर भेरियन्ट आयोनिक फाइभ एन टीए स्पेकले अवार्ड जित्नु कुनै नौलो विषय नभएको कम्पनीले जनाएको छ । यले सन् २०२४ मा पिक्स पिक इन्टरनेशनल हिल क्लाइम्ब (पीपीआईएचसी) को ‘मोडिभाइड प्रोडक्सन इलेक्ट्रिक एसयुभी’ श्रेणीमा पनि अवार्ड जितेको थियो ।
यो गाडी कुनैपनि महत्वपूर्ण मोडिफिकेशन बीना प्रोडक्सन स्पेक आयोनिक फाइभ एनको शक्ति प्रदर्शन गर्न डिजाइन गरिएको हो । आयोनिक फाइभ एन टीए स्पेकले स्ट्याण्डर्ड कारको हाई परफर्मेन्स पावर इलेक्ट्रोनिक्स (पीई)सिस्टमलाई कायम गरेको छ । सफ्टवेयर ट्युनिङका बाबजुत स्ट्याण्डर्ड आयोनिक फाइभ एनको तुलनामा टीए स्पेकको अधिकतम आउटपुट ६८७ पीएस पुर्याइएको छ । यस्तै रियर मोटरको पावर पनि ३७ पीएसले वृद्धि गरिएको छ ।
यसका अतिरिक्त यसमा मोडिफाइड स्पिकरका साथ एन एक्टिभ साउण्डप्लस,न्यू सक एक्जबर्स,मोटरस्पोर्ट-ग्रेड ब्रेक, १८ इन्चको योकोहामा एडभान ००५ स्लिक टायर,रिकारो प्रो रेसर एसपीए हान्स सिट,साबेल सिक्स प्वइन्ट हान्स सेफ्टी हार्नेस र ईभी फायर सप्रेसन सिस्टम समावेश गरिएको छ । ५७.४४६ ल्याप टाइमका साथ आईओनिक फाइभ एन टीए स्पेक सुकुबा सर्किटमा गुड्ने सबैभन्दा उच्च गतिको ईभी बनेको छ । यो गति प्रतिष्पर्धि ईभीको तुलनामा झण्डै २ सेकेण्ड बढी हो ।
यो उपलब्धिले हुन्डाईको उन्नत ईभी प्रविधि र जापानको बढ्दो ईभी बजारमा हुन्डाई मोबिलिटी जापनको दरिलो उपस्थितीलाई दर्शाएको कम्पनीले जनाएको छ । हुन्डाई मोबिलिटी जापानले आफ्नो ईभी पोर्टफोलियो बढाउदै हालै मात्रै जापानको बजारमा सब–कम्प्याक्ट ईभी एसयुभी, ‘इन्टर’ लञ्च गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !