मेरो विद्यालय मेरो दायित्व शैक्षिक कार्यक्रम पाल्पामा सुरु

मेरो विद्यालय मेरो दायित्व शैक्षिक कार्यक्रम पाल्पामा सुरु
सुन्नुहोस्

तानसेन :  सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि लुम्बिनी प्रदेश सरकारले लागू गरेको  ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान पाल्पामा सुरु भएको छ। 

लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले सुरु गरेको कार्यक्रम स्वास्थ्यमन्त्री खेम बहादुर सारुले जनता माध्यमिक विद्यालय तानसेन पाल्पाबाट शुभारम्भ गरेका छन्। स्वास्थ्य मन्त्री सारुले जनता मावि तानसेन पाल्पामा माध्यमिक तहको विद्यालय शिक्षा अध्ययन गरेका थिए। 

आफू पढेको विद्यालयप्रति जिम्मेवार बनाउन सकिएमा सामुदायिक विद्यालयको गुणस्तरमा सुधार, आर्थिक अवस्थामा सुधार, पूर्वाधारमा सुधार गर्न सकिने अभिप्रायले मेरो विद्यालय मेरो दायित्व शैक्षिक कार्यक्रम सुरु गरेको स्वास्थ्य मन्त्री सारुले बताए। आफूले पढेको जनता माविलाई विगतमा पनि सहयोग गर्दै आएको र आगामी दिनमा सहयोग गर्ने मन्त्री सारुले बताए। 

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न पूर्वविद्यार्थी, जनप्रतिनिधिदेखि अभिभावकसम्मलाई आफ्नो दायित्व अनुभूति गराउन अभियान सञ्चालन गरिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ। प्रदेश सरकारले सामुदायिक विद्यालयप्रति चासो र  दायित्वबोध गराउने अभियानको मुख्य उद्देश्य रहेको छ।  

 गुणस्तरीय शिक्षा प्रदानका लागि आवश्यक पूर्वाधार निर्माणदेखि शैक्षिक वातावरण बनाउन विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, कर्मचारी खटिएको र जिल्लाकै उत्कृष्ट विद्यालय बनाउन सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी पोखरेलले बताए। यो अभियानबाट जेभिटीलाई अझै माथि लैजान सहयोग पुग्ने अध्यक्ष पोखरेलले बताए। पूर्वविद्यार्थीले चाहेको अवस्थामा विद्यालयमा धेरै सुविधा र सुधारका कामहरू हुने विभिन्न विद्यालयहरूका केही व्यक्तिले गरेको सहयोगबाट देखिएकाले यो अभियान सफल हुनेमा विद्यालयका प्रधानाध्यापक हरि प्रसाद घिमिरेले बताए।  

मेरो विद्यालय मेरो दायित्व अभियानमा  प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी, तानसेन नगरपालिका–३ का वडाध्यक्ष बाबुरत्न शाक्य, विद्यालयका पूर्व प्रधानाध्यापकहरू बुद्धि प्रसाद शर्मा, मेघराज पौड्याल, विद्यालयका पूर्व विद्यार्थी समाजका सचिव सन्तोषलाल खनालले यो अभियानले विद्यालयको भौतिक शैक्षिक प्रगतिमा सहयोग पुर्याउने, पूर्व विद्यार्थीहरूलाई उत्तरदायी बनाउने बताए। 

लुम्बिनी प्रदेश सरकारले प्रदेशभित्रका सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न अभियान फागुन ९ गते  शुक्रबारदेखि १२ वटै जिल्लाका १५ वटा विद्यालयमा एकैसाथ सुरु गरेको छ। मुख्यमन्त्री, मन्त्री, दुई पूर्वमुख्यमन्त्री, प्रदेश प्रमुख सचिव र प्रदेशसभाका जनप्रतिनिधि आफूले अध्ययन थालेको विद्यालयमा पुगी अभियान सुरु गरेका छन्। 

मुख्यमन्त्रीसहित सबै मन्त्री र पूर्वविशिष्टलाई पूर्वविद्यार्थीको हैसियतमा अभियानमा जोडेर सामुदायिक विद्यालयको गुणस्तर सुधारको प्रयास सुरु गरिएको सामाजिक विकास मन्त्रालयका प्रतिनिधि सुरेन्द्र पौड्यालले बताए। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारले ग्रामीण क्षेत्रको बसाइँसराइ रोक्ने, चर्को शुल्कमा निजीमा पढाउने प्रतिस्पर्धा न्यूनीकरण गर्ने भएकाले पूर्वविद्यार्थी, जनप्रतिनिधिदेखि अभिभावकसम्मलाई आफ्नो दायित्व अनुभूति गराउन अभियान ल्याइएको  मन्त्रालयका प्रतिनिधि पौडेलले जानकारी गराए। 
    


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.