ब्ल्याक बुल्स एफसीलाई हराउँदै एपीएफ केपी ओली कपको क्वार्टरफाइनलमा
काठमाडौं : विभागीय टोली एपीएफ क्लब केपी ओली कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै एपीएफ क्लब प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। एपीएफले अब सेमिफाइनल प्रवेश गर्न ए डिभिजन लिग क्लब संकटासँग प्रतिस्पर्धा गर्नेछ। संकटा क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ।
आइतबारबाट सुरु प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक राष्ट्रिय युवा संघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !