गाँजा र मानव स्वास्थ्य

गाँजा र मानव स्वास्थ्य

महादेवलाई पनि मनपर्ने गाँजा र शिवरात्रि त पर्याय जस्तै भइसकेको छ। अर्थात् अन्य बेलामा गाँजा सेवन नगर्ने मानिसहरूले पनि गाँजाको अनुभव लिइहालुँ न भन्ने इच्छा राख्ने वा सेवन नै गर्ने हुन्छ। नियमित गाँजा सेवन गर्नेहरूको त के कुरा भो र ?    कुनै समय यही गाँजा सेवन गर्न हिप्पी नेपालमा ओइरिएका थिए। बेलाबखत नेपालको संसद्मा सांसदहरूले गाँजाको उत्पादन तथा बिक्री वितरण खुल्ला हुनुपर्ने मागसँगै गाँजाको बहस चर्चामा हुने गर्छ। मनोद्विपकका रूपमा अधिक प्रयोग गरिने शिवको बुटीलाई प्रयोगकर्ताहरू छोटो रूपमा ‘जी’ भनेर चिनाईन्छ। गाँजाको पूmल, फल, पात, डाँठ सबै नशाका रूपमा प्रयोग गर्न सकिन्छ। गाँजाबाटै भाङ, किफ भनिने पाउडर, ह्यासिस तयार गरिने हुनाले यसलाई प्रारम्भिक तŒवका रूपमा लिइन्छ।

विश्वका अधिकांश गाँजा सेवन गैरकानुनी नै भए पनि तथा यसलाई लागुपदार्थका रूपमा लिइए पनि अधिक गाँजा सेवन गरिने मुलुकहरूमा जाम्बिया, अमेरिका, क्यानाडा तथा नाइजेरिया पर्दछन्। अमेरिकामा मात्रै सन् २०१३ मा १५ देखि ६५ वर्षका करिब २३ करोड अमेरिकनले गाँजा सेवन गरेको आकलन छ। नेपालमा कति जनाले गाँजा सेवन गरिन्छ कुनै आधिकारिक तथ्यांक छैन भलै अनाधिकृत नै भए पनि शिवालयहरूमा गाँजा सेवनहरूको संख्या अधिक छ। विडम्बना भनौं पछिल्लो समय सवारी चालकहरूमा मादक पदार्थ सेवनमा कडिकडाउ गरिन थालेपछि गाँजा सेवन गरी सवारी चलाउन गरेको घटनामा बढोत्तरी भएको पाइन्छ। मनोद्विपक गाँजाले सोच्ने तथा निर्णय लिने क्षमतामा कमी ल्याउने हुनाले सडक दुर्घटनाको जोखिम ३ देखि ७ गुणाले बढाउँछ।

गाँजाको आध्यात्मिक महŒव छ। कतिपय धर्ममा गाँजालाई पवित्र तŒवका रूपमा लिइन्छ। गाँजाबारे अथर्व वेदमा पनि उल्लेख भएको पाइन्छ। धुवाँ, बाफ (भेपोराइज), खानामा मिसाएर, चिया, झोल एवं क्याप्सुलका रूपमा प्रयोग गरिन्छ। धुवाँको रूपमा केही मिनेटमै तथा खाएको आधा घण्टादेखि एक घण्टामा असर देखिन थाल्छ। यसको असर गाँजा सेवन गरेको २ देखि ६ घण्टासम्म रहन्छ। मानसिक एवं भौतिक प्रभाव पार्ने गाँजाको सेवनले मुड परिवर्तन गर्ने र भोक बढाउने गर्दछ। एकाध पटकको गाँजा सेवनले अल्पकालीन रूपमा मुख सुक्खा बनाउने, आँखा रातो हुने, औंला हात खुट्टा चलाउन नसक्ने, स्मरण शक्ति क्षय गराउने, आपूm माथि कसैले षड्यन्त्र गरिरहेको भ्रम पाल्ने, चिन्तित हुने वा त्रसित हुने हुन्छ। लामो समय देखिको गाँजा सेवनले लत बस्ने, व्यवहारजन्य समस्या देखापर्ने र गम्भीर खालको मानसिक समस्या विकसित हुने हुन्छ। 

मनोद्विपक उद्देश्यले गरिने गाँजाको सेवनले तत्काल उत्तेजित बनाउने, उत्साहित हुने, होस खल्बलिने, समय तथा स्थानको हेक्का नहुने, अनावश्यक तवरमा चनाखो बन्ने, यौनेच्छा बढाउने, आराम महसुस गराउने हुन्छ। तर गाँजा सेवनको मात्रा बढी भयो भने शारीरिक बनावट फरक देख्ने, ध्वनि तथा दृष्टि भ्रम हुने हुन्छ। दीर्घसेवनकर्ताको दैनिक जीवनयापनको गुणस्तरमा कमी आउने हुन्छ।

गाँजा सेवनपछि धेरै दिनदेखि हप्तौंसम्म रगतमा गाँजाको मात्रा रहिरहन्छ। दीर्घकालीन रूपमा गाँजा सेवनले भौतिक, मानसिक, व्यवहारजन्य एवं सामाजिक स्वास्थ्य प्रतिकूल परिणाम ल्याउँछ। यसको सेवनले कलेजो (मुख्यतः हेपाटाइटिस सी), फोक्सो, मुटु, रक्तनलीसम्बन्धी समस्या ल्याउँछ। गर्भावस्थामा गाँजा सेवनले आमा र बच्चा दुवैमा नकारात्मक असर पुग्दछ। 

यसको सेवनले धमनीको सुजन गराउने हुन्छ। गाँजा सेवनलगत्तै मुटुको चाल बढाउने हुनाले सेवनको एक घण्टाभित्र हृदयाघात हुने सम्भावना पाँच गुणाले बढ्छ। प्रायः सूर्ती, धूमपान, रक्सी तथा कोकिनसँग गाँजा सेवन गरिने हुनाले बिगार धेरै गर्दछ। यसको जथाभावी सेवनले हृदयाघात, मस्तिष्कघात, एक्कासी मुटुको मृत्यु हुने तथा मुटु फुल्ने समस्या हुनसक्छ। सुर्तीमा जस्तै गाँजामा पनि टार हुने एवं गाँजाको धुवाँ धूमपानमा भन्दा फोक्सोको गहिराइसम्म पुग्ने हुन्छ। गाँजा सेवनले अल्पकालीन तवरमा श्वासनली फुकाउने भएकाले सास फेर्न सजिलो पार्ने भए पनि लामो समयसम्म र अधिक मात्रामा गाँजा सेवन गर्नाले खोकी लाग्ने, बाक्लो खकार आउने, स्वाँ स्वाँ बढ्ने, जीर्ण खालको ब्रोङ्काइटिस हुने हुन्छ। गाँजा सेवनले क्यान्सर गराउँछ भन्ने निश्चित नभए पनि अण्डकोष तथा फोक्सोको क्यान्सर हुन सक्ने देखाएको छ। 

त्यसो त गाँजालाई लागुपदार्थ वर्गमा राखिएको भए पनि औषधिका रूपमा गाँजा कति सुरक्षित र प्रभावकारी छ विस्तृत अध्ययन भएको छैन। औषधिका रूपमा प्रयोग गरिएमा गाँजा सेवनका फाइदा पनि छन्। क्यान्सरविरुद्ध चलाउने केमोको कारण हुने वाकवाकी एवं उल्टी कम गर्न, एचआईभी तथा एड्सबाट संक्रमितमा भोक जगाउन, लामो समयदेखिको पीडा तथा मांसपेशी पीडा कम गर्न गाँजाको प्रयोग गर्न सकिन्छ। औषधिकै रूपमा प्रयोग गर्दा पनि यसले गराउने सक्ने हानिहरूमा उल्टी हुने, रिँगटा लाग्ने, थकान महसुस गराउने, दुव्र्यसनी बन्ने तथा स्मरण शक्तिको नष्ट गराउने हुन्छ। रगत, पिसाब, कपाल, ¥याल, पसिनामा गाँजा सेवनकर्ता अंश भेटिने हुनाले सडक दुर्घटना पछि वा अन्य फरेन्सिक (विधि विज्ञान) उद्देश्यका लागि अध्ययन गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.