सीप विकासका लागि शैक्षिक मेला

सीप विकासका लागि शैक्षिक मेला
सुन्नुहोस्

दोलखा : शैक्षिक गुणस्तरलाई सुधार गर्न र शिक्षामा सीप विकासका लागि दोलखाको तिखातल प्राथमिक विद्यालयमा शैक्षिक मेला सञ्चालन गरिएको छ।

शैक्षिक मेला विद्यार्थीले वर्षभरिमा सिकेका कुराहरू प्रदर्शन गर्ने एक किसिमको पर्व हो। मेला आयोजनाले शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरूको क्षमता विकास लगायतका कार्यक्रमको विम्ब समेटेको छ।

सिकाइमा सीप विकासका लागि निरन्तर अभियानअन्तर्गत शैक्षिक गुणस्तरलाई सुधार गर्न विद्यार्थीमा व्यावहारिक ज्ञान बढाउने र अभिभावक, विद्यार्थीमा आआफ्नो जिम्मेवारीको बोध गराउने उद्देश्यले मेलाको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक तीर्थबहादुर जोशीले बताए। 

‘घर तथा विद्यालयमा सिकाइ संस्कार विकास गरी बालबालिकामा राम्रो आनीबानीको विकास गराउन र विद्यार्थीले कक्षाकोठामा सिकेका सीपलाई स्वयं उपस्थित भएर प्रदर्शन गर्न मेला आयोजना गरिएको हो’, प्रधानाध्यापक जोशीले भने। उनका अनुसार विद्यालयले छैटौं पटक शैक्षिक मेला आयोजना गरिसकेको छ।

शैक्षिक मेलामा २१ वटा स्टलहरू रहेका थिए। आधारभूत तहदेखि नै विद्यार्थीलाई व्यावहारिक सीप सिकाउन उत्प्रेरित गर्ने उद्देश्यले टपरी गाँस्ने, कपासको बत्ती कात्ने, बाटेको धूप बनाउने तथा अंग्रेजी विषय, गणित विषय, नेपाली विषय, सामाजिक विषय, विज्ञान विषय र अन्य समसामयिक विषयका क्रियाकलापहरू समेटेर स्टलहरू तयार गरिएका थिए। अर्को एउटा स्टलमा अभिभावकले आफ्नै बारीमा फलाएका बन्दा, काउली, साग, मुला, लसुन, केराउका कोसा लगायतका तरकारीहरू राखिएका थिए।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेतले बालबालिकाको शैक्षिक गुणस्तर बढाउन मेलाले निकै महत्त्व राख्ने बताइन्। सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर खस्किँदै गएको जुन हल्ला छ, यस्ता कुराहरूलाई चिर्न शैक्षिक मेला सहयोगी हुने पनि उनले बताइन्। ‘शैक्षिक मेला महत्त्वपूर्ण कार्यक्रम हो, यस्तो मेलाले विद्यार्थीको क्षमता विकास हुने त छँदै छ। यसले शिक्षकहरूको पनि क्षमता मूल्यांकन हुन्छ’, उनले भनिन्।

प्राथमिक तहदेखि नै बालबालिकामा व्यावहारिक सीप आवश्यक हुन्छ भन्ने कुराको प्रमाण यस विद्यालयले दिएको शिक्षा, युवा तथा खेलकुद शाखाका उपनिर्देशक अर्जुनबहादुर कार्कीले बताए। बालबालिकामा अन्तर्निहित क्षमता प्रस्फुटन गर्न शैक्षिक मेला सहयोगी सावित हुने उनको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.