आज सुन-चाँदीको भाउ के छ ?
काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको हो।
यसअघि शुक्रबार ४ हजार रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलाको १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो। यसैगरी सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आज ५ रुपैयाँले घटेर प्रतितोला चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
शुक्रबार चाँदी तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस !